राजनीति
दुर्गा प्रसाईंको प्रदर्शनले काठमाडौं फोहोर मात्र हुन्छः एमाले अध्यक्ष ओली
२ मंसिर, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंको नेतृत्वमा मंसिर ७ गते हुन लागेको प्रदर्शनले काठमाडौं फोहोर मात्र पार्ने बताए । शनिबार पार्टीको जनसंगठन समन्वय संयन्त्रको कार्यक्रममा उनले दुर्गा प्रसाईंको नाम नलिई कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरु देशभरबाट मान्छे उतार्न लागेको बताए । नेकपा एमालेका युवा विद्यार्थीले पनि त्यस दिन काठमाडौंमा प्रदर्शन कार्यक्रम राखेको छ । आफूहरुले सरकारले ठीक ढंगले काम गर्न सकेन भनेर सांकेतिक विरोध..
जनताको मुख थुनेर सत्ता टिक्दैनः नेत्रविक्रम चन्द
२ मंसिर, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताको मुख थुनेर सत्ता नटिक्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका हुन् । उनले सामाजिक सञ्जालको प्रतिबन्ध निरंकुश व्यवस्थाको चरित्र भएको बताए । महासचिव चन्दले देश बचाउने जिम्मा अरूले नलिने भए नेपाल कम्युनिस्ट पार्टीले देश बचाउने जिम्मा लिने दाबी गरे । उनले..
लोकतन्त्रका विरुद्ध औँला उठाउनेलाई तल झारिदिने ओलीको चेतावनी
२ मंसिर, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ७ गते युवा विद्यार्थीले गर्ने प्रदर्शनमा पार्टीको साथ समर्थन रहेको बताएका छन् । शनिवार काठमाडौँमा पार्टीको एक कार्यक्रममा बोल्दै ओलीले ७ गते शान्तिपूर्ण रूपमा सरकारलाई शक्ति देखाउने बताए । उनले सो दिन सरकार र दक्षिणपन्थी शक्तिहरूलाई थोरै सङ्केत मात्र गर्ने बताउँदै शान्तिपूर्ण राजनीतिको रूपमा राजनीतिक प्रदर्शन गर्ने बताए । उनले लोकतन्त्रका विरुद्ध औँला उठाउनेलाई शान्तिपूर्ण रूपमा औँलो तल झारिदिने..
मैले खोलो तरेर लौरो बिर्सिएको छैनः मुख्यमन्त्री कार्की
२३ कार्तिक, विराटनगरका । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा एमालेसँगको सहकार्य नछाडेको बताएका छन् । एमाले आफैं सत्ता पक्षको कुर्सि छाडेर प्रतिपक्षको कुर्सिमा गएर बसेको भन्दै उनले पुनः सत्तामा आउन आह्वान गरे । कोशी प्रदेश सभा बैठकमा आज प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै कार्कीले भने, ‘एमालेले अहिले पनि सरकारलाई समर्थन गरिरहेको छ । सरकारले एमालेलाई छाडेको छैन । एमाले आफैं सत्ता पक्षको कुर्सि छाडेर प्रतिपक्षको कुर्सिमा गएर..
कोशीमा मन्त्री बन्न कांग्रेस संस्थापन पक्षका सांसहरु दौडमा
२३ कार्तिक, काठमाण्डौँ । नेपाली कांग्रेसको विद्रोही ८ सांसद र संस्थापन २१ सांसदको फरकफरक चाहनाका कारण कोशी प्रदेश सरकार विस्तारमा सकस देखिएको छ । मुख्यमन्त्री केदार कार्कीले गठबन्धन दलहरुबिच मन्त्रालयको भागबण्डा छिटो टुङ्ग्याएर मन्त्री नियुक्ति गर्ने चाहना राखे पनि सांसदहरुको आकांक्षा व्यवस्थापन गर्न नसक्दा छठ पर्व अगाडि सरकार विस्तार हुने सम्भावना कम रहेको गठबन्धन दलकै नेताहरु बताउँछन् । नेकपा एमालेका ३९ सांसद र कांग्रेसबाट विद्रोह गरेका ८ जना सांसदको समर्थनमा..
उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित
२३ कार्तिक, काठमाण्डौँ । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको संयुक्त अरब इमिरेट्स (यूएई)को.भ्रमण स्थगित भएको छ । आउदो कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई)का लागि तय भएको भ्रमण स्थगित गरिएको सचिवालयले जनाएको छ । दुबईमा आयोजना हुन लागेको १८औँ दुबई एयरशो, २०२३ मा भाग लिन यूएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा उपप्रधानमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यूएई जाने कार्यक्रम तय भएको थियो । यसका लागि..
रेशम चौधरीविरुद्धको रिट आजका लागि स्थगित
२३ कार्तिक, काठमाण्डौँ । रेशमलाल चौधरीविरुद्धको रिट स्थगितको सूचीमा परेको छ । न्यायाधीश अभावका कारण चौधरीको आज बिहीबारको पेशीमा स्थगितमा परेको हो । सर्वाेच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनको समूह नै स्थगितमा परेपछि रेशमविरुद्धको मुद्दा पनि स्थगितमा परेको हो । गोला तान्ने क्रममा रिट समूहको गोला कुनै पनि न्यायाधीशले नतानेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए । राष्ट्रपतिको..
आउदो मंसिर १४ देखी एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान सुरु गर्ने
२२ कार्तिक, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको मिति तय गरेको छ । पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले यही मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘सिंगो देशको अभियानको रूपमा विकास निर्माण र सामाजिक एकताको सन्देश दिने राष्ट्रिय अभियानको रूपमा यसलाई अघि सारेका छौं । अभियानको नाम ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ राखिएको..
निजामती ऐन र प्रहरी समायोजनका लागि वार–पारको लडाई लड्ने मधेश प्रदेशको तयारी
२२ कार्तिक, काठमाण्डौँ । प्रहरी समायोजन गर्नका लागि दबाब दिन मधेश प्रदेश सरकारले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउने भएको छ । जनकपुरधामस्थित मधेश भवनमा प्रदेश सरकारले आज पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने जानकारी गराएको हो । मुख्यमन्त्री सरोज कुमार यादवले निजामती ऐन र प्रहरी समायोजनका लागि संघीय सरकारलाई एक महिने अल्टिमेटम दिँदै ज्ञापनपत्र बुझाउने बताए । उनले एक महिनाभित्र माग पूरा नगरे संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी..
संविधानमाथिको प्रहारलाई मिलेर प्रतिवाद गर्ने सर्वदलीय बैठकको निर्णय
२१ कार्तिक, काठमाण्डौँ । प्रमुख राजनीतिक दलले गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि प्रतिवद्ध भएको बताएका छन् । सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध संगठितरुपमा जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेको निष्कर्षसमेत निकालेको छ । बैठकपछि माओवादी केन्द्रीकी उपाध्यक्ष पम्फा भुसालले शान्ति र संविधानमाथिको प्रहारलाई मिलेर प्रतिवाद गर्ने निचोड निस्किएको बताइन् । ‘यदाकदा पानीको फोकाजस्तो छिटफुट देखापरेका प्रहारविरुद्ध मिलेर प्रतिवाद गर्ने..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७