७ मंसिर, काठमाण्डौँ । युवासंघ नेपालका अध्यक्ष क्षितिज थेवेले बल्खुमा युवा संघको बाईक र्यालीमाथी राजाबादीहरुले लुकेर डाडाबाट ढुङ्गा हानेको बताएका छन् । आफुहरु शान्तीपुर्ण राजनितिक शक्ति भएको भन्दै हिंसाको स्थिती रोक्न सरकार संग उनले आग्रह गरेका छन् ।
फरक रुट बनाएर प्रहरीले आन्दोलनलाई स्कटीङ गर्नुपर्नेमा एक आपसमा भिडलाई जुधाएर सरकारको नियतनै भिडाउन चाहेको होकी भन्ने लागेको उनले बताए ।
कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि बल्खुमा दुर्गा प्रसाई कार्यकताबाट ढुंगा प्रहार भएपछि झडप भएको थियो ।
ढुंगामुढाबाट बल्खु आसपासमा केही संरचनामा क्षति पुगेको छ भने केही बाइक र गाडीमा पनि क्षति पुगेको छ । अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ । बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ ।