कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेलाई बोलाइयो

२९ असोज, काठमाण्डौँ । कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेलाई बोलाइएको छ । असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिने प्रयोजनका लागि बैठक आव्हान गरिएको हो । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै कार्तिक १ गते बुधबार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको छ । सोही बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने..

कोशीमा मध्यावधि निर्वाचन रोक्न कांग्रेसको विद्रोही पक्षलाई सघायौँः ओली

२८ असोज, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न कांग्रेसको विद्रोही पक्षलाई सघाएर सरकार बनाइएको बताएका छन् । आज प्युठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले मध्यावधिमा जाँदा देशको आर्थिक अवस्थाले नधान्ने भएकाले सुझबुझ गरेर नै कांग्रेसलाई सरकार बनाउन सहयोग गरेको बताएका हुन् । उनले भने ‘कोशी प्रदेशमा कांग्रेसका केही सांसदहरूले किन विद्रोह गरे ? अचाक्ली भएपछि विद्रोह हुन्छ किनभने कांग्रेसका..

मेरो र गगनको प्रस्ताव अस्वीकार गर्दा कोशीमा अहिलेको अवस्था आयोः विश्वप्रकाश शर्मा

२८ असोज, काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशीको राजनीतिलाई स्थिर बनाउन एमालेसहितको समाधान खोजौं भन्ने आफू र गगन थापाको प्रस्ताव पार्टीले अस्वीकार गर्दा अहिलेको अवस्था आएको दाबी गरेका छन् । उनले आज साँझ सामाजिक सञ्जालमा आफ्नो वक्तव्य राख्दै गठबन्धन कायम राखेरै कोशीमा एमालेसहितको समाधान खोजौं भने पनि संस्थागत निर्णय आफूहरु मान्न बाध्य भएको बताएका छन् । अर्काे गठबन्धन बनाउने भए पनि संस्थागत निर्णय गरौं भन्ने आफूहरुको मत रहे..

कोशीमा तीन सदस्य मन्त्रिपरिषद गठनः इलामका सांसदद्वय राना र राई बने मन्त्री

२७ असोज, विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सँगै उनले सानो आकारको मन्त्रिपरिषद पनि बनाएका छन् । ं आफ्नो दल नेपाली कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । राई र रानाले पनि आइतबार नै शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन । नेपाली कांग्रेसका २९ मध्ये ८ जना र एमालेका ३९ जना प्रदेशसभा..

गठबन्धन भत्काउने षड्यन्त्र निस्तेज पार्यौः प्रधानमन्त्री प्रचण्ड

२७ असोज, काठमाण्डौँ । कोशी प्रदेशबाट भएको गठबन्धन भत्काउने षड्यन्त्र निस्तेज पारेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाबी गरेका छन् । चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारको जनप्रेमी काम देखेपछि अब कहिल्यै सत्तामा फर्किन पाइँदैन भन्ने लागेर केही विच्छिप्त भएको टिप्पणी गरे । उनले भने, ‘उनीहरू कसरी गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने भनेर लागिरहेका छन् । यो गठबन्धन यसरी नै सुशासन र सामाजिक न्यायको पक्षमा लागिरहेपछि आत्तिएका छन् । अहिले..

कोशीका नवनियुक्त मुख्यमन्त्रीले भेटे ओलीलाई, राम्रो काम गर्न आग्रह

२६ असोज, काठमाण्डौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । मुख्यमन्त्री कार्की आइतबार बिहान भक्तपुरको बालकोट निवास पुगेका थिए । मुख्यमन्त्री कार्कीसँगै बालकोट पुगेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्यका अनुसार ओली र मुख्यमन्त्री कार्कीबीच संक्षिप्त कुराकानी भएको थियो । भेटमा कार्कीले सहयोगका लागि ओलीलाई धन्यवाद दिए । जवाफमा ओलीले राम्रो काम गर्न भनेको आचार्यले बताए । ‘हामी ढिला पुग्यौँ ।..

केदार कार्कीलाई सत्ता गठबन्धनले विश्वासको मत दिन्छः प्रचण्ड

२६ असोज, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले विश्वासको मत दिने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले कोशीका मुख्यमन्त्री गठबन्धनका पनि मुख्यमन्त्री भएको बताए । कोशीको समस्या समाधान गरिएको छ र यसले गठबन्धनलाई बलियो बनाउन सहयोग हुने कुरो उनले बताएका हुन् । आज बिहान नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस नेता डा. शेखर कोइराला र आफूबीच सहमति भएको जानकारी दिँदै प्रधानमन्त्री..

कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताबाट उद्धव थापाले राजीनामा

२६ असोज, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताबाट उद्धव थापाले राजीनामा दिएका छन् । उनले आज पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा दिएका हुन् । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा आफ्नै पार्टीका सांसद कदार कार्की शनिबार नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेपछि थापाले नैतिकताको आधारमा राजीनामा दिन लागेका हुन् । केन्द्रले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । तर, केन्द्रको निर्णय कार्यान्वयन गर्न नसकेपछि थापाले नैतिकता आधारमा..

एमाले सुदूरपश्चिमको अधिवेशन पाँच दिन लगाएर सकियो, सर्वेसम्मत नेतृत्व चयन

२५ असोज, काठमाण्डौँ । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा सहमतिबाट पदाधिकारी चयन गरेको छ । पाँच दिनसम्म अधिवेशन लम्ब्याएर एमालेले अछामका कृष्णप्रसाद जैसीलाई अध्यक्ष बनाएको छ । उनी अछामका पूर्वजिविस सभापति हुन् । अछामका कमल तिमिल्सिना, भरत साउद र कञ्चनपुरका बचनबहादुर सिंहले बुधबार उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत अध्यक्ष चुनिएका छन् । सहमतिका लागि बाधक नबन्ने भन्दै तीनै जना प्रत्याशीले उम्मेदवारी फिर्ता लिएका हुन् । उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही निर्विरोध भइसकेका..

कोशी प्रदेश सरकार गठनका लागि गठन्धनका नेताहरु छलफलमा जुट्दैँ

२३ असोज, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशी प्रदेशको सरकार गठनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने भएका छन् । सभापति देउवाले आफूनिकट नेताहरुसँग कोशीमा आफू गठबन्धनबाट नै सरकार बनाउनुपर्ने पक्षमा रहेको अडान सुनाएका छन् । उनले आफुहरु गठबन्धनमा रहेकोले गठबन्धनको मर्म र भावनालाई आत्मसात गरेर जानुको विकल्प नभएको कुरा पार्टी पदाधिकारी बैठकमा समेत ब्रिफिङ गरेका छन् । प्रधानमन्त्री दाहालले कोशी प्रदेश सरकार गठनको लागि राप्रपाको साथ खोजेका..