हालको ब्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउने सम्भावना छैनः देउवा

७ पुष, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको ब्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउने सम्भावना नरहेको बताएका छन् । वर्तमान व्यवस्थाले समावेशी र समानुपातिक रुपमा सबैलाई समेटेको उनको भनाई छ । उक्त कार्य एकदमै राम्रो रमहत्वपूर्ण रहेको उनले बताए । आज (शनिबार) कांग्रेसको बागमती प्रदेश सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान व्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउने सम्भावना नरहेको बताउँदै मिलेर अगाडि बढ्नुपर्ने बताए..

देश जोगाउने हो भने एमाले रोज्नुपर्दछः महासचिव शंकर पोखरेल

७ पुष, ललितपुर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको बताएका छन् । शनिवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको वागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले सो दाबी गरेका हुन् । महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिको यात्रालाई वर्तमान सरकारले अवरुद्ध पारेकाले पनि त्यसलाई सुचारु गराउन एमालेलाई रोज्न सबैलाई आह्वान गरे । ‘अब स्वार्थहरुको गठबन्धन होइन, नीतिगत..

भोट माग्न आउँदा कन्ट्रक्ट पेपर रेडी गरेर राख्नुस्ः रवि लामीछाने

७ पुष, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामीछानेले घरघरमा भोट माग्न आउँदा कन्ट्राक्ट पेपर रेडी गरेर राख्न आग्रह गरेका छन् । पोखरामा जिरोकिलोमा बनेको पार्टीको घण्टीघर उद्घाटन गर्दै सभापति लामीछानेले भोट माग्न आउँदा कन्ट्याक्ट् पेपर रेडी गरेर राख्न आग्रह गरेका हुन् । ‘हामी कन्ट्रक्ट गरेर जान सक्छौ । हामी लक्ष्य यहाँसम्म पुर्‍याउछौ भनेर कन्ट्रक्ट गरेर जान तयार छौं । मैले गत चुनावमा पनि भनेको थिए । मेरो..

कांग्रेस मधेश सम्मेलनः शेखर कोइराला र उनका पक्षधर नेताहरुद्वारा बहिष्कार

५ पुष, जनकपुधाम । नेपाली कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनमा आसनग्रहणको मर्यादाक्रमबारे विवाद देखिएको छ । जनकपुरधामको तिरहुतिया गाछीमा आज कांग्रेस मधेश प्रदेश सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका हुन् । तर सभापति देउवा सहभागी पार्टीको प्रदेश सम्मेलनमै किचलो देखिएको छ । प्रदेश सम्मेलन उद्घाटन समारोह आसनग्रहणकै मर्यादाक्रम नलिएको भन्दै नेता शेखर कोइराला र उनका पक्षधर नेताहरुले बहिष्कार गरे । सम्मेलनमा पुगेका नेता बिमलेन्द्र निधिले भने आसन ग्रहण गर्न मानेनन्..

हरेक प्रदेशमा एक स्मार्टसिटी बनाउने प्रधानमन्त्री प्रचण्डको योजना

काठमाडौं, ५ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले योजनावद्ध सहरको विकास गर्नेतर्फ जोड दिएर स्मार्टसिटीहरूको निर्माण गर्नुपर्ने बताएका छन् । आज (बिहीबार) सिंहदरबारमा आयोजित सहरी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको संयुक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले ब्यवस्थित सहर बनाउनुपर्ने बताएका हुन् । “काठमाडौंभित्र व्यवस्थित नमुना सहर बनाएर जानुपर्छ। मेरो दोस्रो कार्यकालमा स्मार्टसिटीको अवधारणा यही सोचका साथ अगाडि सारिएको थियो। यसले हरेक प्रदेशमा एक स्मार्टसिटी बन्छ भन्ने हाम्रो सोच थियो..

पर्यटनमन्त्री किरातीले राजीनामा दिनुपर्छः कमल थापा

पुस ५, काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको राजीनामा माग गरेका छन् । पर्यटनमन्त्री किरातीले राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा ‘क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन् ’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको बताउँदै उनले तत्काल वर्खास्त माग गरेका हुन् । गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल वर्खास्त गर्नुपर्दछ । नेता थापाले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘प्रम पुष्पकमल दाहाल ‘प्रचण्ड’को..

 उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्वपूर्ण छः अर्थमन्त्री महत

४ पुष, काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्वपूर्ण भएको बताएका छन् । उद्योग र उद्योगले प्रयोगमा ल्याएका खानीको आज उदयपुरमा निरीक्षण गर्दै उनले यस उद्योगका समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताए । मन्त्री डा. महतको सचिवालयका अनुसार सो अवसरमा उनले कारखाना निरीक्षणका क्रममा सामूहिक प्रयासबाट मात्र उद्योग पुनः सञ्चालनको सम्भावना रहेको उल्लेख गरे । सरकारले अनुदान दिएर मात्र समस्याको समाधान ननिस्कने मन्त्री डा महतको..

एनसेल भ्रष्टचार प्रकरण ढाकछोप गर्न स्वयम् सरकार संलग्न छः सभापति पोखरेल

४ पुष, काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सरकार आफै एनसेलको सेयर खरिद विक्री, भ्रष्टाचार प्रकरणको ढाकछोप र बचाउ गर्दै जनतामा भ्रम छर्न लागि परेको बताएका छन् । साथै उनले संसद्को सार्वजनिक लेखा समितिले एनसेलबारे गरेको निणर्यलाई कमजोर बनाउन, विषयलाई बङ्ग्याउन कार्यक्षेत्र भन्दा बाहिर गएर समितिहरूमार्फत जनतालाई भ्रम फैलाउने काममा सरकार लागि परेको आरोप समेत लगाएका छन् । बुधवार सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति पोखरेलले सरकारी पक्षको कटाक्ष गरेका..

सर्वोच्चको न्यायाधिसमा प्रस्तावित ६ जनाको नाम अनुमोदन

४ पुष, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । आज  बसेको समितिको बैठकले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालको नाम अनुमोदन गरेको हो । यसअघि समितिमा उनीहरूको सुनुवाइ भएको थियो । समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

भारतमा एकै साता १४१ सांसद निलम्बनमा

भारतमा विपक्षी दलका सांसदहरूलाई धमाधम निलम्बन गरेपछि तरंग उत्पन्न भएको छ । हिउँदे अधिवेशन चलिरहँदा मंगलबार लोकसभाका विपक्षी दलका थप ४९ सांसदलाई निलम्बन गरेको भारतीय सञ्चारमाध्यम द स्क्रोलले जनाएको छ। संसदको सुरक्षा उल्लंघन गरेको विषयमा छलफल गर्न माग गरेपछि सभामुखले उनीहरूलाई निलम्बन गरेका हुन्। भारतीय कांग्रेस आइका नेता शशी थरूर, समाजवादी पार्टीकी नेता दिम्बल यादव, राष्ट्रवादी कांग्रेस पार्टीकी सुप्रिया सुले र नेशनल कन्फ्रनेसका नेता फारूक अब्दुल्लाह लगायत निलम्बनमा परेका छन्।..