एनसेलको शेयर बिक्री प्रकृया अस्वाभाविक भएको प्रधानमन्त्री प्रचण्डको भनाई

३ पौष, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद बिक्री प्रकृया स्वाभाविक नभएको बताएका छन् । उनले यसमा कहिँ न कहिँ गडबडी भएको आशंका गरेका छन् । राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । आफू जलवायु सम्मेलनको क्रममा दुबईमा भएको बेला ऐनसेलको शेयर खरिदबिक्री भएको भन्नेबारे सुनेको र स्वदेश फर्किनासाथ सञ्चार मन्त्रालय र नियामक निकायलाई निर्देशन जारी गरेको उनले बताए । यसमा कहिँ न..

फागुनदेखि चरणबद्ध आन्दोलन गने राप्रपाको निर्णय

३ पौष, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा आन्दोलनमा जाने भएको छ । केन्द्रीय समिति बैठककै बीच आज मंगलबार बिहान बसेको बैठकले आन्दोलनमा जाने निर्णय गरेको हो । जुन निर्णय केन्द्रीय समितिबाट अनुमोदन गरेर सार्वजनिक गरिनेछ । राप्रपा एक पदाधिकारीका अनुसार आन्दोलनमा जाने निर्णय भएसँगै पार्टी तत्काल प्रदेश र संघीय सरकारमा सहभागी हुने सम्भावना सकिएको छ । यो निर्णयसँगै अब तत्काल दुवै तहको सरकारमा सहभागी हुने च्याप्टर क्लोज भएको ती..

विश्वविद्यालयमा हामी आफै राजनीतिक भागबण्डा र दाउपेचका निम्ति दौडिरहेका हुन्छौँः प्रधानमन्त्री प्रचण्ड

२ पौष, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राज्ञिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको भूमिका पनि प्राज्ञिक स्तरकै हुनुपर्ने बताएका छन् । सोमबार दिउँसो त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै यस विश्वविद्यालयले नेपालको शैक्षिक जगतमा अतुलनीय योगदान पुर्याएको बताए । उनले भने, ‘भूमण्डलीकृत विश्वको दवाव एकातर्फ छ, जुन तत्कालका निम्ति हाम्रो काबुबाहिर पनि देखिन्छ । तर, विश्वबजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौँ ? विगतमा विश्वविद्यालयहरूले आर्जन गरेको बलियो..

बलेनलाई प्रचण्डको जवाफः बोलेर हिँडिहाल्नेसँग मलाई पनि इरिटेसन हुन्छ

२ पौष, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको जवाफ फर्काएका छन् । ललितपुर महानगरको स्थापना दिवसको अवशरमा मेयर शाहले फोहोर व्यवस्थापन, काठमाडौंको खोला अतिक्रमणलगायको विषयमा संघीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका थिए । त्यसको जवाफमा प्रधानमन्त्रीले भने, ‘बालेन्द्रजी गइहाल्नुभयो पहिला बोलेर हिँडिहाल्नेसँग पनि मलाई अलि इरिटेसन हुन्छ । आफूलाई लागेको कुरा भनिहाल्ने अनि त्यसको जवाफ सुन्न चाहिँ नबस्ने, बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म ।’..

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले दिए राजीनामा

मंसिर २४,काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । उनले आफूले २० गते नै राजीनामा बझाएको बताए । तर, उनको राजीनामा स्वीकृत भएको छैन । उनलाई प्रधानमन्त्री प्रचण्डले ०७९ माघ ९ गते नियुक्त गरेका थिए ।

अधिकार प्रयोग गर्नेले अरूको अधिकारको सम्मान गर्नुपर्छः राम राना

मंसिर २४, इलाम । प्रदेश संसद तथा पूर्व मन्त्री रामबहादुर रानाले अधिकार प्रयोग गर्नेले अरूको अधिकारको सम्मान गर्नुपर्ने बताए । संसद रानाले मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको मानव अधिकार वर्ष पुरस्कार २०८० वितरण र इलामको मानव अधिकार अनुगमन तथा अधिलेखिकरणको स्थीति बारे छलफल कार्यक्रममा बोल्दै अधिकार खोज्नेले अरूको अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिए । ‘पहिचानवादीको आन्दोलनलाई संकेत गर्दै सांसद रानाले विमती शान्तिपुर्ण र संवैधानिक हुनुपर्ने भन्दै अहिलेको आन्दोलन..

एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ कर्णाली प्रवेश

१७ मंसिर, बैतडी । नेकपा एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ कर्णाली प्रवेश गरेको छ । बैतडीको झुलाघाटबाट मंसिर १४ गते शुरु भएको अभियान सुदूरपश्चिमको अछामबाट कर्णाली नदी पार गरेर दैलेख प्रवेश गरेको हो । मध्यपहाडी राजमार्गअन्तर्गत अछाम र दैलेख जोड्ने साइखोला पुलमा नेकपा एमाले सुदूरपश्चिम प्रदेशले बिदाइ गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीलाई कर्णालीले स्वागत गरेको छ । उक्त अवसरमा एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले..

कोशीका मन्त्रीहरुलाई जिम्मेवारी दिईयोः कानुन मन्त्रीमा इलामका शमशेर राई

१७ मंसिर, विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् । आज मुख्यमन्त्री कार्कीले कांग्रेसबाट मन्त्री बनेका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, माअ‍ेवादी केन्द्रबाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमल प्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारी दिएका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास..

संघीयता पछि नेपाली कांग्रेसको पहिलो प्रदेश सम्मेलन लुम्बिनीबाट शुरु हुँदै

१६ मंसिर, बुटवल । मुलुकको प्रादेशिक संरचनासहितको संघीयतामा गएपछि नेपाली कांग्रेसको पहिलो प्रदेश सम्मेलन लुम्बिनीबाट शुरु हुँदैछ । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आज बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शुरु हुन लागेको हो । दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन समारोहमा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा। शेखर कोइराला, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, ७ वटै प्रदेशका प्रदेश सभापति लगायतले सम्बोधन गर्ने कार्यक्रम छ..

कोशी प्रदेशमा आर्थिक अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित

१० मंसिर, विराटनगर । कोशी प्रदेशसभाको आज आइतबार बसेको बैठकले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित गरेको छ । सोमबारदेखि विनिनियोजन अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०–८१को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केहि रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा बनेको विधेयक’ माथि छलफल सुरु हुनेछ । हिक्मतकुमार कार्की नेतृत्वको अघिल्लो सरकारले गत भदौ २३ गते ल्याएको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि वर्तमान..