‘मरेको प्रेत’ सरहको राजतन्त्र फेरि फर्कन सक्दैनः केपि ओली

‘मरेको प्रेत’ सरहको राजतन्त्र फेरि फर्कन सक्दैनः केपि ओली

८ मसिर, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘राजसंस्थालाई ‘मरेको प्रेत’ संज्ञा दिएका छन् । जनताले काम नलाग्ने भनेर फ्याँकेको राजतन्त्र फेरि फर्किन नसक्ने उनले टिप्पणी गरेका हन् ।

आज युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले राजावादीहरुलाई आफ्नो निशाना बनाएका हुन् । २०४ वर्षसम्म शाशन गर्दा नेपालमा राजाहरुले केही पनि नगरेको भन्दै उनले देश विकास नहुनुका पछाडि राजतन्त्र नै जिम्मेवार रहेको दाबी गरे ।

‘उनले भने ‘वाक्क दिक्क भएर जनताले पाल्न नसकिने रहेछ यो, काम लाग्ने चिजै होइन रहेछ भनेर जनताले १५ वर्षअघि नै प्mयाँकिइसकेको राजतन्त्र फर्काउन भनेर हिँडिरहेका छन् । राजनीतिकरुपमा, बैचारिक रुपमा, सैद्धान्तिकरुपमा कुनै हिसाबले पनि राजतन्त्र‘। एउटा मान्छेको छोरा जन्मिँदै राष्ट्रप्रमुख हुन जन्मिने, अर्कोले जति मरिमेटे पनि हुन नसक्ने‘ मैले भनेँ भने चित्त दुखाउँछन्‘ चेतनै नभएका मुर्खहरुले राजतन्त्र मान्छन् । एउटा मान्छेको छोरा जन्मिँदै राजा‘ लाटो जन्मिन्छ कि गँजडी, ड्रगिष्ट, लफङ्गा भएर जन्मिन्छ कि‘ जन्मिँदै राजा हुने ? त्यही हुनपर्छ भन्ने ? कठैबरी ।‘

नागरिक सर्वोच्चता स्वीकार नगर्ने, एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने, त्यो चेतना हो होइन मुर्खता भएको उनले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270