प्रभु साहकी श्रीमती मेयर रिना कुमारी साहको आक्रोश ‘वडाध्यक्षलाई नगरपालिका प्रवेशमा निषेध गर्छौ’

प्रभु साहकी श्रीमती मेयर रिना कुमारी साहको आक्रोश ‘वडाध्यक्षलाई नगरपालिका प्रवेशमा निषेध गर्छौ’


४ मंसिर, रौतहट । रौतहटको मौलापुर नगरपालिका ८ स्थित छठ घाटमा मेयर रिना कुमारी साहलाई निषेध गरेपछि वडाध्यक्षलाई नगरपालिकामा निषेध गरिएको छ ।

अस्ताउँदो सूर्यलाई अघ्र्य चढाउने बेला वडा नम्बर ८ स्थित एउटा छठ घाटमा स्थानीयले मेयर साह र उपमेयर नागेन्द्र प्रसाद यादवलाई निषेध गरेको थियो । घाटमा निषेध गर्न लगाएको भन्दै त्यस वडाका वडाध्यक्ष शिवप्रसन यादवलाई नगरपालिका प्रवेशमा रोक लगाएको हो ।

छठको मुख्यदिन सम्बन्धित वडाको घाटमा पुगेर ब्रतालुहरु र सर्वसधारणलाई जनप्रतिनिधिहरुले भेटघाट तथा शुभकामना आदान–प्रदान गर्छन् । मेयर साह र उपमेयर यादव पनि भेटघाट तथा शुभकामना आदान–प्रदान गर्नकै लागि धेरै छठ घाटहरु घुम्ने क्रममा वडा ८ मा विवाद भएको बुझिएको छ ।

मेयर साहले वडाध्यक्ष शिवप्रसन यादवकै निर्देशनमा आफूहरुलाई घाटमा निषेध गरेर दुव्र्यवहार गरेको बताइन् । वडा ८ स्थित २५र३० वटा पण्डाल लागेको थियो तर एउटा पण्डालमा मात्र निषेध गरी आफूहरुलाई दुव्र्यवहार गरेको उनले बताइन् । घाट सजावट तथा व्यवस्थापनका लागि बजेट नदिएको भन्दै यस्तो गरेको थाहा पाए– उनले सुनाइन् ।

मेयर साहले वडाध्यक्ष यादवलाई नगरपालिकामा प्रवेश गर्न नदिने बताइन् । उनले भनिन, ‘हामीलाई निषेध गर्ने र हामी निषेध गर्न नहुने ? हामी पनि निषेध गर्छाैं ।’।

वडाध्यक्ष यादव स्वतन्त्रबाट निर्वाचित भएका हुन् । उनले आफूले मेयर र उपमेयरलाई घाटमा निषेध गर्न नलगाएको दावी गरेका छन् । उनले भने, ‘घटना भएको बेला म घरमै थिए । जहां विवाद भयो, त्यहां मेरो छठघाट पनि छैन् ।’

मेयर साह आम जनता पार्टीका अध्यक्ष तथा संघीय सांसद प्रभु साहकी श्रीमती हुन् । निर्वाचित भएको पार्टी नेकपा एमाले त्यागेपछि उनको पद नै गुमेको थियो । केहिदिन अगाडी मात्र अदालतले निर्वाचन आयोगको निर्णय उल्टाएपछि उनी पुनः मेयरको जिम्मेवारीमा फर्केकी छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर