चुलाचुलीमा एमालेको चियापान कार्यक्रम सम्पन्नः उपनिर्वाचनमा एमाले पंति एक भएर लाग्न सन्देश

चुलाचुलीमा एमालेको चियापान कार्यक्रम सम्पन्नः उपनिर्वाचनमा एमाले पंति एक भएर लाग्न सन्देश

९ मंसिर, इलाम । नेकपा एमाले चुलाचुली गाउँपालिका कमिटीले आज कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम गरेको छ । स्वर्गिय एमाले नेता सुवासचन्द्र नेम्वाङ्को निर्वाचन क्षेत्र रहेको चुलाचुलीमा उपनिर्वाचन लक्षित कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नेकपा एमाले इलामका अध्यक्ष तथा प्रतिनिधी सभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । केही समय आगाडी नै गर्ने भनिएको कार्यक्रम विविध कारण हुन सकेको थिए । त्यसलाई समय मिलाएर आज गरिएको एमाले चुलाचुलीका सचिव रितु दाहालले बताए ।

कार्यक्रम बोल्दै नेताहरुले आउदो उपनिर्वाचनमा एमाले पंति एक भएर जनताको माझमा जानु पर्ने बताएका थिए । प्रत्येक टोल, वडा तहबाट एमालेका कार्यकर्ताहरु एक भएर निर्वाचनमा होमिए एमालेको जितलाई कसैले रोक्न नसक्ने एमाले इलामका अध्यक्ष महेश बस्नेतले बताए ।

हिजोको हरेक हार र जितलाई समिक्षा गरेर आफुहरुमा रहेको कुंठालाई बिर्सिएर आजको समयमा उपनिर्वाचनमा होमिनु पर्ने एमाले एलामका उपाध्यक्ष उदय राईले बताए । पार्टी र जनवर्गिय संगठनका टोल, वडा, पालिका, जिल्ला कमिटीका जिम्मेवारीमा रहने सबैले जनताको विचमा गएर आफ्नो जिम्मेवारी पुरा गरे एमालेको विरासतलाई इलाममा कायम राख्न सकिने उनले बताए ।

कार्यक्रममा एमाले चुलाचुली गाउँपालिका अधिवेशनका निर्वाच मण्डल संयोजक विक्रम बस्नेत, सदस्य लेखनाथ खनाल लगायतलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270