एनआरएनए विवाद उत्कर्षमाः बैंक खाता रोक्का गर्न पराजित पक्षको निवेदन

१३ कार्तिक, काठमाण्डौँ । गैरआवासीय नेपाली संघ एनआरएनए को पराजिन पक्षले संघको नाममा रहेका विभिन्न बैंकको खाता रोक्काका लागि निवेदन दिएको छ । पराजित पक्षले गठन गरेको कार्यसमितिका अध्यक्ष आरके शर्माले ११ औँ महाधिवेशनअघि कोषाध्यक्षको भूमिकामा रहेका लोक दाहाल र सुनिल साहमार्फत शर्माले विभिन्न बैंकमा रहेका १८ वटा खाता बन्द गर्न निवेदन दिएका हुन् । ती बैंकमा पत्राचार गरिएको र यसबारे परराष्ट्र र संघका प्रमुख कार्यकारी अधिकारी अधिकृत सीईओ राजेन्द्रकुमार..

राष्ट्र संघका महासचिवको सम्मानमा प्रधानमन्त्रीद्धरा रात्रिभोजको आयोजना

११ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको स्वागत सम्मानमा रात्रिभोज आयोजना गरेका छन् । प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका महासचिव गुटेरेस रात्रिभोजमा सरिक भएका छन् । सिंहदरबारमा आयोजित रात्रिभोजमा विभिन्न राजनीतिक दलहरुका नेताहरुको पनि सहभागीता रहेको थियो । आइतबार महासचिव गुटेरेसले प्रधानमन्त्री दाहाल, राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे, परराष्ट्रमन्त्री एनपी साउद, रक्षामन्त्री पूर्णबहादुर खड्का, नेपाली कांग्रेसका सभापति..

दलहरूप्रतिको आलोचनालाई सकारात्मकरूपमा लिएको छुः कांग्रेस सभापति देउवा

१० कार्तिक, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले .नागरीकको आलोचनालाई सहज रुपमा लिएको बताएका छन् । कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले पनि राजनीतिक दलहरूप्रतिको आलोचनालाई सकारात्मकरूपमा लिएको बताएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीले आयोजना गरेको चियापान तथा शुभकामना आादानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘दलहरूप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु ।’ राजनीतिक दलहरुले आफूलाई जनताका बीचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम..

राष्ट्रसंघका महासचिव पछि कतारका राजा नेपाल भ्रमण आउदैछन्ः प्रधानमन्त्री प्रचण्ड

१० कार्तिक, काठमाण्ठौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणपछि कतारका राजा शेख तमिम बिन हमद अल थानी आउने बताएका छन् । शनिबार नेपाली कांग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले आफू नेतृत्वको सरकारको कुटनीतिक सफलताका कारण ठूला अन्तर्राष्ट्रिय भ्रमणहरु भइरहेको बताए । महासचिव गुटेरेस चार दिने नेपाल भ्रमणका लागि आइतबार राति नेपाल आउँदैछन् । ’संयुक्त राष्ट्रसंघका महासचिव फर्केपछि कतारको राजा पनि..

कोशीका मुख्यमन्त्री कार्कीलाई सकसः माथीको कुरा सुन्ने की एमालेलाई साथ राख्ने

११ कार्तिक, विराटनगर । केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको दबाबका कारण कोशीका मुख्यमन्त्री केदार कार्कीलाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ । दसैँअगाडि नै मन्त्रिपरिषद् विस्तारको तयारी गरेपनि शीर्ष नेताहरूको दबाबका कारण उनले मन्त्री थप्न सकेका छैनन् । मन्त्रिपरिषद् विस्तारका लागि थप छलफल गर्न कार्की पुनः काठमाडौं पुगेका छन् । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले कांग्रेस पार्टीमा आफूसहित ८ सांसदको विद्रोहलाई वैधानिकता दिएसँगै माओवादी र समाजवादीलाई सरकारमा भित्र्याएर एमालेलाई चिढ्याउन नचाहेको..

कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेलाई बोलाइयो

२९ असोज, काठमाण्डौँ । कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेलाई बोलाइएको छ । असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिने प्रयोजनका लागि बैठक आव्हान गरिएको हो । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै कार्तिक १ गते बुधबार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको छ । सोही बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने..

कोशीमा मध्यावधि निर्वाचन रोक्न कांग्रेसको विद्रोही पक्षलाई सघायौँः ओली

२८ असोज, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न कांग्रेसको विद्रोही पक्षलाई सघाएर सरकार बनाइएको बताएका छन् । आज प्युठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले मध्यावधिमा जाँदा देशको आर्थिक अवस्थाले नधान्ने भएकाले सुझबुझ गरेर नै कांग्रेसलाई सरकार बनाउन सहयोग गरेको बताएका हुन् । उनले भने ‘कोशी प्रदेशमा कांग्रेसका केही सांसदहरूले किन विद्रोह गरे ? अचाक्ली भएपछि विद्रोह हुन्छ किनभने कांग्रेसका..

मेरो र गगनको प्रस्ताव अस्वीकार गर्दा कोशीमा अहिलेको अवस्था आयोः विश्वप्रकाश शर्मा

२८ असोज, काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशीको राजनीतिलाई स्थिर बनाउन एमालेसहितको समाधान खोजौं भन्ने आफू र गगन थापाको प्रस्ताव पार्टीले अस्वीकार गर्दा अहिलेको अवस्था आएको दाबी गरेका छन् । उनले आज साँझ सामाजिक सञ्जालमा आफ्नो वक्तव्य राख्दै गठबन्धन कायम राखेरै कोशीमा एमालेसहितको समाधान खोजौं भने पनि संस्थागत निर्णय आफूहरु मान्न बाध्य भएको बताएका छन् । अर्काे गठबन्धन बनाउने भए पनि संस्थागत निर्णय गरौं भन्ने आफूहरुको मत रहे..

कोशीमा तीन सदस्य मन्त्रिपरिषद गठनः इलामका सांसदद्वय राना र राई बने मन्त्री

२७ असोज, विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सँगै उनले सानो आकारको मन्त्रिपरिषद पनि बनाएका छन् । ं आफ्नो दल नेपाली कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । राई र रानाले पनि आइतबार नै शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन । नेपाली कांग्रेसका २९ मध्ये ८ जना र एमालेका ३९ जना प्रदेशसभा..

गठबन्धन भत्काउने षड्यन्त्र निस्तेज पार्यौः प्रधानमन्त्री प्रचण्ड

२७ असोज, काठमाण्डौँ । कोशी प्रदेशबाट भएको गठबन्धन भत्काउने षड्यन्त्र निस्तेज पारेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाबी गरेका छन् । चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारको जनप्रेमी काम देखेपछि अब कहिल्यै सत्तामा फर्किन पाइँदैन भन्ने लागेर केही विच्छिप्त भएको टिप्पणी गरे । उनले भने, ‘उनीहरू कसरी गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने भनेर लागिरहेका छन् । यो गठबन्धन यसरी नै सुशासन र सामाजिक न्यायको पक्षमा लागिरहेपछि आत्तिएका छन् । अहिले..