एसका अध्यक्ष नेपाल १३ सदस्य टोलीसहित आज चीन भ्रमणमा जाँदै

२१ कार्तिक, काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आज चीन भ्रमणमा जाँदै छन् । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा अध्यक्ष नेपालसहितको टोली चीन भ्रमणमा जान लागेका हुन् । दुई देशबीचको कम्युनिस्ट पार्टीको सम्बन्ध अझ सुदृढ बनाउन भ्रमणमा जान लागेको खतिवडाले बताए । १४ सदस्यीय जम्बो टोलीका साथ अध्यक्ष नेपाल आज चीन जान लागेका हुन्। टोली साँझ ५ बजे चीन जान लागेको छ..

अनेरास्ववियु चुलाचुलीको अध्यक्षमा युनेश न्यौपाने सर्वसम्मत

१८ कार्तिक, इलाम । अनेरास्ववियु चुलाचुली गाउँपालिका कमिटीको दोस्रो अधिवेशनबाट युनेश न्यौपाने अध्यक्षमा निर्वाचित बनेका छन् । चुलाचुली ४ आईतवारे स्थित पाथिभरा सहकारीको हलमा आज सम्पन्न भएको अधिवेशनमा न्यौपाने सहित सम्पुर्ण समिती सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट उपाध्यक्षमा रोहन फियाक, सचिवमा कुशल भुर्तेल, सहसचिवमा रमा गौतम सहित १५ सदस्य कमिटी सर्वसम्मत बनेका छन् । अनेरास्ववियु केन्द्रिय सदस्य तथा इलाम ईन्चार्ज नितेश राईको प्रमुख आतिथ्यतामा सम्मन्न कार्यक्रममा अनेरास्ववियु इलामका अध्यक्ष..

कोशीमा माओवादीका गणेश उप्रेती र एसका कमल जबेगु मन्त्री नियुक्त, एमाले सरकार छाड्ने तयारीमा

१७ कार्तिक, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र नेकपा एसका कमल जबेगुलाई मन्त्री बनाएका छन् । उनीहरुलाई शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङ्गले शपथ ग्रहण गराएका छन् । उनीहरु बिना विभागीय मन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री कार्कीले हिजोमात्र एमालेको गुन नबिर्सिने बताएका थिए । तर, सुरूदेखि नै गठबन्धनलाई मन्त्रिपरिषद्मा समेट्न प्रधानमन्त्री एवम् माओवादी अध्यष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको..

रिगल भनिने योगराज ढकाल नेपालगञ्जबाट पक्राउ

१६ कार्तिक, काठमाण्डौँ । रिगल डन भनिने योगराज ढकाल नेपालगञ्जबाट पक्राउ परेका छन् । चेतन मानन्धरको हत्या अभियोग पुष्टि भएरपछि उनलाई बाँके जिल्ला अदालतले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो । नवौं संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । रिगलको आममाफीविरुद्ध भारती मानन्धरले सर्वाेच्च अदालतमा रिट निवेदन दिएकी थिईन् । उक्त रिट निवेदनको सुनुवाई गर्दै सर्वाेच्च अदालतको पूर्ण इजलासले उनलाई तत्काल पक्राउ गरी बाँकी कैद भुक्तान..

रिगललाई पक्राउ गर्न सर्वाेच्च अदालतको आदेशः कैद मिनाहा गर्ने सरकारको निर्णय बदर

१६ कार्तिक, काठमाण्डौँ । सर्वाेच्च अदालतले योगराज ढकाल (रिगल) लाई पक्राउ गर्न आदेश दिएको छ । सर्वाेच्चले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो । नेपालगञ्जका चेतन मानन्धरको हत्यारा रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपनि त्यसलाई उल्ट्याउँदै निर्णय बदर गरेको हो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै उनलाई..

यो सरकारबाट शान्ती–शुरक्षाको आशा गर्न सकिदैँनः विष्णु पौडेल

१६ कार्तिक, काठमाण्डौँ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले अहिले दिनजसो हिंसा, हत्या र बलात्कारका घटनाहरु घटिरहँदा पनि सरकार मौन बसेको अरोप लगाएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अपराधीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकार उदासिन बनेको बताएका हुन् । ‘हरेक दिनजसो हिंसा, हत्या र बलात्कारका घटनाहरु घटिरहेका छन् । तर, सरकार दोषीहरुलाई दण्डित गर्न, दोषीहरुलाई कानुनको दायरामा ल्याउन र उनीहरुलाई..

एमालेको चियापान कार्यक्रम सुरु

१५ कार्तिक, काठमाण्डौँ । नेकपा एमालेले दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा बुधबार चियापान कार्यक्रम आयोजना गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा राज्यका विभिन्न ओहदाका व्यक्ति, राजनीतिक दलका नेता, विभिन्न पेशा, ज्यवसायका संलग्न व्यक्ति सहभागी छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतका नेताहरुले चियापान कार्यक्रममा आउने पाहुनालाई सोफामा बसेर स्वागत गरिरहेका छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्याउन दाहाल, देउवा, ओलीबीच छलफल

१५ कार्तिक, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली, दाहाल, देउवाबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै २ घण्टा लामो छलफल भएको हो । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा र्पुयाउने विषयमा छलफल केन्द्रित भएको बताइएको छ । यसअघि पनि प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी..

एमालेले आज च्यासलमा चियापान कार्यक्रम गर्दै

१५ कार्तिक, काठमाण्डौँ । नेकपा एमालेले आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ । एमाले दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्न लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट दशैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा कात्तिक १४ गते शुभकामना तथा आदानप्रदान तथा चियापान कार्यक्रम राखेको थियो । उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै..

नेकपा माओवादी केन्द्रले गणतन्त्रको रक्षाका निमित्त सडक संघर्ष गर्ने

१४ कार्तिक, काठमाण्डौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले गणतन्त्रको रक्षाका निमित्त सडक संघर्ष गर्ने निर्णय गरेको छ । गत आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले प्रतिगमनको विरोधमा काठमाडौंमा जनप्रर्दशन गर्ने निर्णय गरेको हो । माओवादीले विशेष अभियानकै क्रममा बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वयको संयुक्त आयोजनामा आगामी मंसिर २२ गते सडक प्रर्दशन गर्ने भएको छ । माओवादीले माताहतका कमिटीमा छ बुँदे परिपत्र..