दुर्गा प्रसाईंको प्रदर्शनले काठमाडौं फोहोर मात्र हुन्छः एमाले अध्यक्ष ओली

दुर्गा प्रसाईंको प्रदर्शनले काठमाडौं फोहोर मात्र हुन्छः एमाले अध्यक्ष ओली

२ मंसिर, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंको नेतृत्वमा मंसिर ७ गते हुन लागेको प्रदर्शनले काठमाडौं फोहोर मात्र पार्ने बताए ।

शनिबार पार्टीको जनसंगठन समन्वय संयन्त्रको कार्यक्रममा उनले दुर्गा प्रसाईंको नाम नलिई कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरु देशभरबाट मान्छे उतार्न लागेको बताए ।

नेकपा एमालेका युवा विद्यार्थीले पनि त्यस दिन काठमाडौंमा प्रदर्शन कार्यक्रम राखेको छ । आफूहरुले सरकारले ठीक ढंगले काम गर्न सकेन भनेर सांकेतिक विरोध मात्र गर्न खोजेको ओलीले बताए ।

देशमा अनियमितता र बेथितीले सीमा नाघेको भन्दै एमाले अध्यक्ष ओलीले सरकार तत्काल सच्चिनलाई खबरदारी गर्न खोजेको बताए । हिलेको अनियमितता र बेथितीको कारण गठबन्धन सरकार रहेको भन्दै उनले यहीँबाट समाधान खोज्नुपर्ने बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर