नेकपाको सचिवालय बैठक सम्पन्न, पार्टी एकतालाई मजबुत र महामारी नियन्त्रणमा एकजुट हुने निश्कर्ष

८ बैशाख, काठमाडौं । आकस्मिक रुपमा बसेको नेकपाको सचिवालय बैठक सकिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा अध्यादेश जारी गर्नुभएको विषयमा नेकपाको सचिवालय बैठकमा छलफल भएको हो । आकस्मिक रुपमा बेलुका ६ बजेदेखि सुरु भएको बैठक केहीबेर अघिमात्र सकिएको छ । बैठकपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आज जारी भएका दुई वटा अध्यादेशका बारेमा विभिन्न कोणबाट गम्भीर रुपमा छलफल भएको बताउनुभयो । उहाँले बैठकमा नेताहरुले आ–आफ्नो..

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा दुईवटा अध्यादेश जारी

८ बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा दुईवटा अध्यादेश जारी गर्नुभएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकमा दुई वटा अध्यादेश संसोधन गर्ने सम्वन्धमा निर्णय भएको थियो । सोही निर्णयलाई प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष मन्त्रिपरिषद्ले सिफारिस गरेपछि राष्ट्रपतिले सोमबार (आज) नै अध्यादेश जारी गर्नुभएको हो । राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ लाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको छ..

पार्टी विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय

८ बैशाख, काठमाडौं । मन्त्रिपरिषद्को आज बसेको बैठकले पार्टी विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकमा राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय भएको बताईएको छ । संविधानको वर्तमान कानुनमा राजनीतिक दल विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवै तर्फ ४० प्रतिशत मत पुर्याउनुपर्ने व्यवस्था रहेको छ । तर अव यस अध्यादेश कार्यन्वयनमा आएपछि केन्द्रीय समिति या संसदीय..

अनेरास्ववियूद्वारा विद्यार्थीहरूलाई खाद्यान्न वितरण

काठमाडौ‌ं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले समस्या परेका विद्यार्थीलाई खाद्यान्न वितरण जारी राखेको छ ।  काेराेना भाइरस कोभिड–१९ को राेकथाम तथा नियन्त्रणका लागि जोखिम हुन नदिन लकडाउनले गर्दा समस्यमा परेका विद्यार्थीहरूलाइ खाद्यान्न वितरण गरेकाे हाे । विद्यार्थीलाई १५ किलो चामल, दुई किलो दाल र एक लिटर खानेतेल वितरण गरिरहेको अनेरास्ववियुका संयोजक ऐन महरले जानकारी दिए । उनले लकडाउनका कारण घर जान नपाएका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई अहिले खानाका..

दक्षिण कोरियाली संसदीय चुनावमा राष्ट्रपति मुनको पार्टी विजयी

४ बैशाख, काठमाडाै । कोरोना भाइरस(कोभिड–१९) को प्रकोपबीच दक्षिण कोरियामा सम्पन्न भएको संसदीय चुनावमा राष्ट्रपति मुन जाए इनको पार्टी विजयी भएको छ । मतगणना अन्तिम चरणमा पुग्दा सत्तारुढ डेमोक्रेटिक पार्टीले ३ सयमध्ये १६३ सिटमा जित हात पारेको बीबीसीले जनाएको छ। गठबन्धनमै रहेको अर्को प्ल्याटफर्म पार्टीले १७ सिट जित्ने र डेमोक्रेटिक पार्टीले १८० सिटसहित सरकार चलाउने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सत्तारुढ गठबन्धनमा रहेकाे अर्को पार्टी प्लेटफर्म पार्टीले १७ सिट..

एक बर्षको तलव नलिने नेकपा प्रवक्ता श्रेष्ठको घोषणा

१ वैशाख, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता समेत रहनुभएका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक नलिने घोषणा गर्नुभएको छ । आफूले पाउने तलवमध्ये २ महिनाको तलव कोरोनाविरुद्धको सरकारी राहत कोषमा र १० महिनाको तलव विपन्न वर्गलाई दिने घोषणा गर्नुभएको हो । प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटर मार्फत ट्वीट गर्दै यस्तो घोषणा गर्नुभएको हो । उहाँले लेख्नुभएको छ ‘हामी अहिले कोभिड–१९ र उत्पन्न संकटको सामना गरिरहेका छौँ ।..

सांसद विकास काेषकाे रकम काेराेनाकाेषमा राखाै– नारायणकाजी श्रेष्ठ

काठमाडौं, २९ चैत्र । नेकपाका नेता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले सांसद विकास कोषको खर्च नभएको रकम काेराेना भाइरस (कोभिड-१९) कोषमा राख्न माग गरेका गर्नुभएकाे छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता समेत रहनुभएका श्रेष्ठले  शनिबार ट्वीट गर्दै सांसद विकास कोषको रकम कोरोनाविरुद्धको अभियानमा खर्च गर्नुपर्नेमा जोड दिएका दिनुभएकाे छ । राष्ट्रियसभा सदस्यसमेत रहेका श्रेष्ठले आफूले पहिलेदेखि नै सांसद विकास कोष आवश्यक नभएको मात्र नभई अनुचित समेत रहेको दोहोर्याएका..

ओली सरकाले गर्याे भिडियो कन्फ्रेन्समार्फत सातै मुख्यमन्त्रीसँग छलफल

२९ चैत,काठमाडौं ।   प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् । महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरस  (कोभिड-१९) विरुद्ध तीनै तहका सरकारले सबै शक्ति लगाएर काम गरिरहेका बेला काम गर्ने क्रममा आइपरेका समस्याहरुको समाधानका बारेमा छलफल गरिएकाे हाे । प्रधानमन्त्री कार्यालय सिंहदरवारको वार रुमबाट प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत मुख्यमन्त्रीहरुसँग कोभिड-१९ महामारीविरुद्धको लडाइँका बारेमा छलफल गरेका हुन् ।

दुई देशका प्रधानमन्त्री ओली र मोदी बीच टेलिफाेन वार्ता

काठमाण्डाै, २८ चैत्र ।  प्रधानमन्त्री केपि शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोन वार्ता भएकाे छ । टेलिफाेन वार्तामा कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउन आफूहरु सहमत भएको बताएका छन् । ओलीले सामाजिक सञ्जालमार्फत मोदीसँगको टेलिफोन वार्ताको विषयमा जानकारी दिएका हुन् । लकडाउनका कारण एक अर्काकाे मुलुकमा राेकिएका नागरिकहरूलाई आ–आफ्नो देशमा हेरचाह गर्ने विषयमा दुई देशका प्रधानमन्त्रीबीच छलफल भएको छ ।

शहीद रत्नकुमार वान्तवाले देखाएको बाटोमा अघि बढ्ने नेकपा इलामको प्रतिबद्धता

२६ चैत्र, इलाम । शहीद रत्नकुमार वान्तवाको ६९औं जन्म जयन्ती तथा ४१ औं स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलाम जिल्ला कमिटीले आज एक प्रेस वक्तव्य जारी गरेर शहीद रत्नकुमार वान्तवाले देखाएको बाटोमा अघि बढ्ने प्रतिबद्धता जाहेर गरेको छ । पार्टी जिल्ला कमिटी अध्यक्ष एवं १ नं प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर राना मगर र जिल्ला कमिटी सचिव सोममायाँ राई सिन्धुद्वारा संयुक्त हस्ताक्षरित प्रेस वक्तव्यमा..