१२ वैशाख, झापा । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारले ल्याएको अध्यादेश खारेजीको माग गर्दै आज देशभर विरोध प्रदर्शन गरेको छ । नेविसंघले ७७ जिल्लाकै प्रमुख स्थानमा प्रदर्शन गरेको जनाएको छ । संघका अध्यक्ष राजीव ढुंगानाका अनुसार अध्यादेशका बिरुद्ध दवाव सिर्जना गर्न सामाजिक दुरी कायम राख्दै स्वास्थ्य सावधानी तथा सचेतना अपनाउदै, भिडभाड नगरी बिहान ९ बजे सांङकेतिक प्रदर्शन गरिएको हो ।
यो संगै अध्यादेशको विरोधमा झापामा पनि प्रदर्शन भएको छ । नेबिसंघ झापा जिल्ला सदस्य अतित राईका अनुसार झापा दमक लगायत जिल्लाका मुख्य बजारहरुमा सामाजिक दुरी कायम गर्दे शान्तिपुर्ण प्रर्दशन गरिएको हो ।
अहिले सरकारको ध्यान जनताको जिवन रक्षामा केन्द्रित हुनुपर्नेमा सरकार भ्रष्टाचारमा लिप्त भएकाले विरोध प्रर्दशन गरिएको नेबिसंघ झापाका कोषध्यक्ष नवराज ढकालले आरोप बताउनुभयो ।