राजनीति
नेकपा स्थायी कमिटी बैठक भोलि विहान ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने
२४ वैशाख, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोलि विहान ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने तय भएको छ । अहिले सचिवालय बैठक जारी छ । स्थायी कमिटी बैठकको स्थान र समयबारे आज विहान भएको अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्तामा समझदारी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । बैठकको समय र स्थानबारे सम्पूर्ण स्थायी कमिटी सदस्यहरूलाई जानकारी आइसकेको स्थायी कमिटी सदस्य..
नेकपा सचिवालयको बैठक बस्दै, नेताहरु आ–आफ्नै गृह कार्यमा
२४ वैशाख, काठमाडौँ । बिहीबार बस्ने स्थायी कमिटी बैठकको तयारीका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज तीन बजे बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको उक्त बैठकले स्थायी समितिका एजेण्डामाथी छलफल गर्ने जनाइएको छ । त्यसो त स्थाई समितीको बैठक बस्नु तिन दिन अधि (आईतबार) देखि नै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्ष नेतालाई छुट्टा छुट्टै भेट गर्नुभएको छ ।..
एक व्यक्ति, एक पद मानेर जान प्रधानमन्त्री ओलीलाई नेता खनालको सुझाव
२३ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थायी कमिटीको बैठकमा उत्पन्न हुने विरोधका स्वरलाई निस्तेज पार्ने कसरत तीव्र पार्नुभएको छ । पार्टीका बहुमत स्थायी कमिटी सदस्यको दबाबमा बस्न थालेको बैठकमा आफ्नो तीव्र आलोचना हुने र राजीनामाका लागि समेत दबाब आउन सक्ने आँकलन गर्दै ओलीले विरोधलाई मथ्थर पार्ने प्रयास गरिरहनुभएको हो । स्थायी कमिटीमा राजीनामा मागेर अप्ठेरो पार्नुअघि नै शीर्ष तहमा समझदारी..
बालुवाटारमा प्रचण्ड र नेपालपछि खनालसँग प्रधानमन्त्री ओलीको छलफल
२३ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसँग पालैपालो भेटवार्ता र छलफल गर्नुभएको छ । स्थायी समिति बैठकको पूर्व सन्ध्यामा ओलीले आजमात्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटवार्ता र छलफल गर्नुभएको हो । आज बिहान प्रचण्ड र नेपालसँग भेटवार्ता गर्नुभएका ओलीले लगत्तै अर्का नेता खनालसँग भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् ।..
सांसदद्धय बस्नेत, श्रेष्ठ र पूर्व आइजीपी खनालद्धारा राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी
२२ वैशाख, काठमाण्डौँ । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनालले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गराएका छन् । आरोपित तिन जनाले आफूहरु निर्दाेष रहेको भन्दै आज आयोगमा उजुरी दर्ता गराएका हुन् । आयोगमा तीनैजनाले आफूहरुलाई झुटा आरोप लगाई चरित्रहत्या गर्न खोजेको भन्दै यादवमाथि मानवअधिकार उल्लंघनको निवेदन दर्ता गरेका हुन् । निवेदनमा घटनाको विस्तृत विवरण समेत उल्लेख..
प्रधानमन्त्री ओली भेट्न वालुवाटारमा प्रचण्ड
२२ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्को अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्नुभएको छ । अस्ति शनिबारको सचिवालय बैठकपछि प्रचण्ड पहिलोपटक प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नुभएको हो । स्रोतका अनुसार उहाँहरु विच अहिले भेटवार्ता जारी छ । हिजोमात्रै प्रचण्ड र नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल विच भेटवार्ता भएको थियो । शनिवारको नेकपा सचिवालयको बैठक अनुसार आउदो सचवालय बैठक..
नोबेल अस्पताललाई कारवाही गर्न अनेरास्ववियू उदयपुरको माग
२२ वैशाख, उदयपुर । उदयपुर घर भएकै कारण विरामीको उपचार गर्न नमान्ने विराटनगरको नोबेल अस्पताललाई कारबाही गर्न सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू उदयपुरले माग गरेको छ । संगठनका संयोजक बिमल कार्की र सह–संयोजक सरोज अिधकारीद्धारा हस्ताक्षरीत प्रेस विज्ञप्तीमा भनिएको छः ‘जस्तोसुकै संकटका बेला पनि नागरिकको स्वास्थ्य सेवा नैसर्गिक अधिकार हो, तर नोबेल अस्पतालले गरेको व्यवहारले उदयपुरबासीविरुद्ध घृणा फैलाएको र यो घटनाको छानवीन गरी सो अस्पताललाई कडाभन्दा कडा कार्वाहीको..
बाटो नबिराउन पार्टी केन्द्रलाई नेकपा इलामको ध्यानाकर्षण
२१ वैशाख, इलाम । नेपाल कम्युनिट पार्टी (नेकपा) इलाम जिल्ला कमिटीले पार्टीको केन्द्रीय नेतृत्वमा पछिल्लो समय उत्पन्न समस्याले सिंगो पार्टी पंक्तिमा नैराश्यता उत्पन्न भएको भन्दै निराश नबनाउन पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराएको छ । नेकपा इलाम जिल्ला कार्यालयको आज बसेको बैठकको निर्णय बमोजिम पार्टीका केन्दीय नेतृत्वको ध्यानाकर्षण गराईएको नेकपा इलाम जिल्ला कार्यालय सचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख नवराज शंकरले बताउनुभयो । बैठकपछि जारी जिल्ला अध्यक्ष एवं प्रदेश सरकारका भूमि..
वैशाख २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय, वामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने
२० वैशाख, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले स्थाई कमिटीको बैठक आउदो बैशाख २५ गते बोलाउने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको नेकपा उच्च स्रोतले जनाएको छ । त्यसैगरी उपाध्यक्ष बामदेव गौतमलाई पनि उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको बताईएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले..
वामदेवले ओलीलाई भनेः पहिला दुईजना अध्यक्ष मिल्नूस्
२० वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपि शर्मा ओली संगको आजको भेटमा उपाध्यक्ष वामदेव गौतमले पहिला दुईजना पार्टी अध्यक्ष मिल्न आग्रह गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा आज दिनभरनै प्रधानन्त्री संग छलफलमा रहेका नेता गौतमले प्रधानमन्त्री ओलीलाई आफ्नाबारेमा जे प्रस्ताव ल्याए पनि दुईजना अध्यक्ष मिलेर ल्याउन आग्रह गरेको स्रोतले जनाएको छ । यसअघि प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । नेकपाभित्र केही..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७