राजनीति
प्रधानमन्त्री ओली पेलेरै जाने रणनीतिमा
१६ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री कपी शर्मा ओलीले सचिवालय बैठक नै डाकेनन् । आज बस्ने भनिएको बैठकमा विहान कुनैपनि सचिवालय सदस्यलाई बोलाइएन । यसलाई ओलीले बैठक टारेर जान खोजेको रुपमा उनी विरुद्धका खेमामा रहेका नेताहरुले बुझेका छन् । ओलीले बैठक टारेर थकाउने रणनीति लिइरहँदा विरोधी स्थायी समिति सदस्यहरुलाई पनि विस्तारै आफ्नो पक्षमा पार्न थालेका छन् । यसका लागि विश्वासपात्रहरुलाई सक्रिय बनाएका छन् । रक्षात्मक अवस्थामा रहेका ओली विस्तारै आक्रामक रणनीतिका..
खुमलटारमा अध्यक्ष प्रचण्ड र नेता खनाल विच एक्ला–एक्लै भेटवार्ता
१५ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा उत्पन्न पछिल्लो विवादबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच छलफल भएको छ । आज विहान मात्र प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपाली विच वालुवाटारमा एक्ला एक्लै भेटवार्ता भएको थियो । त्यसको केही समय नवित्दै प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्ड र नेता खनालबीच एक्ला एक्लै भेट बार्ता भएको हो । भेटमा स्थायी कमिटीको बैठक नबोलाइएको अवस्थामा के गर्ने..
प्रधानमन्त्रीमा ओलीको विकल्प छैनः हरिबोल गजुरेल
१५ वैशाख, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले एकाएक आफ्नो भनाई परिवर्तन गर्नुभएको छ । केही दिन अघिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले अविलम्ब राजीनामा दिनुपर्ने बतादैँ आउनु भएका नेता गजुरेलले एका एक आफ्नो बोलि फेर्नुभएको हो । हिजो बेलुका पत्रकार ऋषि धमलासँग कुरा गर्दे उहाँले केपी शर्मा ओलीको विकल्प नरहेको भन्दै पाँच वर्ष नै ओली प्रधानमन्त्री बन्ने बताउनुभएको हो । उहाँका भन्नुहुन्छः “सरकारले अध्यादेश..
ओली र नेपाल पक्षधर नेताहरु विचको छलफल सम्पन्न, भोली सचिवालय बैठक बस्ने
१५ वैशाख, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादका विषयमा वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा बसेको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपाल पक्षधर नेताहरु छलफलमा जुटेका थिए । छलफल सकिएपछि संञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री ईश्वर पोख्रेरलले अनौपचारिक कुराकानी भएको तर कुनै निर्णय नभएको बताउनुभयो । पोखरेलले मंगलबार पार्टी सचिवालय बैठक बस्ने जानकारी दिनुभएको छ । नेपाल पक्षका नेता रघुजी पन्तले मन माझ्ने काम..
ओली र नेपालबीच करिव दुई घण्टा ‘वन टु वन’ भेटवार्ता
१५ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच झन्डै दुई घन्टा एक्लाएक्लै कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ । दुई नेताबीच के कुराकानी भयो भन्ने खुलाइएको छैन । तर दुवै नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल भएको बुझिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मिलेर जान प्रस्ताव गरेका..
जसपाको जाहेरी लिन महानगरीय प्रहरी परिसर काठमाडौंद्धारा अस्वीकार, महोत्तरीमै दर्ता गर्न सुझाव
१४ वैशाख, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)का सांसद डा. सुरेन्द्र यादवको अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । आज जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर काठमाडौं पुगेर किटानी जाहेरी दर्ता गर्न पुगेपनि प्रहरीले अस्वीकार गरेको हो । जसपा नेता डा. बाबुराम भट्टराईका अलावा अपहरित भनिएका सांसद डा. सुरेन्द्र यादव पनि सँगै पुगेका थिए । मधेशबाट निर्वाचित नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह..
समाजवादी र राजपाको दल दर्ता रोक्न माग गर्दै युवा संघको निर्वाचन आयोगमा उजुरी
१४ वैशाख, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघले नव–गठित जनता समाजवादी पार्टी (जसपा)नेपालको एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ । तत्कालिन युवा संघ नेपालका कोषाध्यक्ष समेत रहेका हाल युवा संघका केन्द्रीय सदस्य अमित लामाले उजुरी दर्ता गराएका हुन् । उनको निवेदनमा भनिएको छः “दुई दलबीचको सहमति पत्रमा बहु राष्ट्रिय राज्य कायम गर्ने उल्लेख भएको र सो व्यवस्था संविधान प्रतिकुल भएको..
अपहरणको किटानी जाहेरी दिन जसपाका नेताहरु महानगरीय प्रहरी परिसर काठमाडौंमा (फोटो हेर्नुहोस्)
१४ वैशाख, काठमाण्डौँ । अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी दर्ता गर्न नव गठित जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका छन् । उनीहरु कानुन व्यवसायीसँगका परामर्शपछि प्रहरी कहाँ पुगेका हुन् । पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध प्रहरीमा उजुरी दिन नेताहरु प्रहरी परिसर पुगेका छन् । अपहरणमा परेका भनिएका तत्कालिन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवका अलावा नव गठित जनता समाजवादी..
राजपा–समाजवादी एकीकरण घोषणाको मसी सुक्न नपाउँदै १० सांसदले पार्टी फुटाउने हल्ला
१३ वैशाख, काठमाडौं । राजपासँग एकीकरण घोषणा गरेको विज्ञप्तिको मसी सुक्न नपाउँदै समाजवादी पार्टी विभाजित भएको छ । स्रोतका अनुसार समाजवादीका करिब १० जना सांसद्ले पार्टी विभाजनको घोषणा गरेका हुन् । ‘उहाँहरुको एकीकरण घोषणाको कुनै अर्थ छैन । विज्ञप्ति दिएर पार्टी एकीकरण हुँदैन । हामी भोलि संसदीय दल विभाजन गरेर नयाँ दल दर्ता गर्छाैं ।’ तत्कालिन समाजवादी पार्टीका एक सांसद्का भनेका छन् । ति सांसद्का अनुसार समाजवादी र राजपा दुई..
आन्तरिक तथा वाह्य उडानहरु थप १५ दिनका लागि बन्द गर्ने उच्चस्तरीय समन्वय समितिको निर्णय
१३ वैशाख, काठमाडौं । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा वाह्य उडानहरु थप १५ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । शनिबार(आज) बसेको समन्वय समितिको बैठकले आन्तरिक तथा वाह्य उडानहरु मे १५ तारिख अर्थात जेष्ठ २ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । यसअघि अप्रिल ३० सम्मका लागि उडानहरु बन्द निर्णय भएको थियो । समन्वय समितिले उडानहरुको सम्वन्धमा निर्णय गरेपनि लक डाउनको विषयमा..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७