२० वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपि शर्मा ओली संगको आजको भेटमा उपाध्यक्ष वामदेव गौतमले पहिला दुईजना पार्टी अध्यक्ष मिल्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास वालुवाटारमा आज दिनभरनै प्रधानन्त्री संग छलफलमा रहेका नेता गौतमले प्रधानमन्त्री ओलीलाई आफ्नाबारेमा जे प्रस्ताव ल्याए पनि दुईजना अध्यक्ष मिलेर ल्याउन आग्रह गरेको स्रोतले जनाएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए ।
नेकपाभित्र केही समयदेखि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले अर्का अध्यक्ष ओलीलाई अध्यक्ष तथा प्रधानमन्त्रीबाट मार्गप्रशस्त गरिदिन आग्रह गरेपछि विवाद छ ।
विवाद बढेपछि गत बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई कोरोना महामारीपछि प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव अघि सारेका थिए ।
यसैबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक जारी छ ।