पूर्वप्रधानमन्त्री भट्टराईको प्रतिकृया-“प्रधानमन्त्रीले देशलाई बर्बादीमा लैजाने बुझियो !”

पूर्वप्रधानमन्त्री भट्टराईको प्रतिकृया-“प्रधानमन्त्रीले देशलाई बर्बादीमा लैजाने बुझियो !”


६ जेष्ठ, काठमाण्डौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीमा अल्पज्ञान, अहंकार र भयंकरको ककटेल देखिएको बताउनुभएको छ ।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले दिएको जवाफ सुनेपछि भट्टराईले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

प्रधानमन्त्रीमा कमी कमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट नदेखिएको भट्टराईले बताउनुभएको छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले लेख्नुभएको छ, –“प्रम २पउकजबचmबयष् िको ३ घण्टाको स्पष्टीकरण सुन्दा वहाँमा आफ्ना कमिकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट देखिएन । कोरोना, राष्ट्रियता, लोकतन्त्रका व्याख्यान सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखियो । लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझियो !”

प्रतिक्रिया:

सम्बन्धित खवर