नेपालको मिचिएको भूमि फिर्ता ल्याएरै छाडिन्छः प्रधामन्त्री ओली

नेपालको मिचिएको भूमि फिर्ता ल्याएरै छाडिन्छः प्रधामन्त्री ओली

६ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याएरै छाड्ने बताउनुभएको छ ।संघीय

संसदका दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको अतिक्रमित भूमि फिर्ताको बिषय त्यतिकै सेलाएर नजाने बताउनुभएको हो ।

उहाँले संयुक्त बैठकलाई सम्वोधन गर्नुहुँदै भन्नुभयोः, ‘वि.स.२०१८ सालसम्म हामीले त्यहाँ जनगणना गरिरहेका थियौँ । हामी संग त्यको पर्याप्त प्रमाण छ । त्यसको केही समय पछि भारतले कालापानीम प्रहरी पोष्ट स्थापना गरेर हामीलाई हाम्रो गतिविधी गर्न दिएन ।’

उहाँले थप्नुहुदैँ भन्नुभयोः ‘हामीले अरु कसैको भुमिमा दावी गरेका छैनौँ । हामीले हाम्रो भुमिमा दावि गरेका हौँ । त्यसैले हामी हाम्रो भूमि फिर्ता ल्याएरै छाड्छौँ ।’

प्रधानमन्त्री ओलीले सम्बोधनकै क्रममा नेपालको सरकार कुनै मुलुकले चाहेर पनि नढल्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘यो सरकार नेपालीले बनाएको हो । यो सरकार पाँच बर्षका लागि स्थाई हो ।’

प्रतिक्रिया:

सम्बन्धित खवर