राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

७ जेष्ठ, काठमाण्डौँ । राष्ट्रियसभाको आजको बैठकले दुईवटा विधेयक पारित गरेको छ । त्यस्तै एक प्रस्तावलाई स्विकृती प्रदान गरेको छ ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले प्रस्तुत गर्नुभएको “नेपाल बिशेष सेवा विधेयक, २०७६ ” लाई बहुमतले पारित गरेको छ ।

यस्तै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले प्रस्तुत गर्नुभएको राष्ट्रियसभाबाट पारित गरी प्रतिनिधिसभामा पठाइएको “राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित बैठकले पुनः पारित गरेको छ ।

यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले प्रस्तुत गर्नु भएको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त “बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७५”र “बिरुवा संरक्षण ( पहिलो संशोधन ) विधेयक, २०७५” लाई बैठकको सर्वसम्मतीले स्विकृत गरेको छ ।

विधायन व्यवस्थापन समि तिका सभापति परशुराम मेघी गुरुङले “नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ ” सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नु भएको थियो ।

राष्ट्रियसभाको अर्काे बैठक जेष्ठ १२ गते सोमबार विहान ११ः०० बजे बस्ने छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर