नरेन्द्र मोदीलाई अनेरास्ववियू इलामको रगतले लेखेको–पत्र

नरेन्द्र मोदीलाई अनेरास्ववियू इलामको रगतले लेखेको–पत्र

७ जेष्ठ, इलाम । अनेरास्ववियू इलामले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई रगतले लेखेको ज्ञापन–पत्र इमेल मार्फत पठाएको छ ।

अनरोस्ववियू इलाममा आवद्ध विद्यार्थीको आफ्नै रगतले लेखिएको ज्ञापन–पत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतिय राजदुतावास लगायत कुटनितीक नियगमा इमेल मार्फत पठाईएको हो ।

संगठनमा आवद्ध विद्यार्थीको रगतले लेखिएको पत्रमा लिपुलेक, लिम्पियाधुरा, सुस्ता, महेशपुर, सन्दकपुर, पशुपतिनगर लगायतका भूभागमा भारतले अतिक्रमण गरेकोमा आपत्ति जनाईएको छ । अतिक्रमित नेपालको भूभाग फिर्ता गर्न दवाव स्वरुप रगतले लेखिएको पत्र पठाईएको अनेरास्ववियू इलामका संयोजक प्रवेश पराजुलीले जानकारी दिनुभयो ।

सक्कलप्रति संगठनको केन्द्रीय कमिटीलाई पठाउने निर्णय भएको पराजुलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर