१० जेष्ठ, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज दिउँसो ३ बजेका लागि तय भएको छ । महासचिव विष्णु पौडेलले आज मध्यान्न ३ बजे बैठक बस्ने जानकारी दिनुभएको हो ।
जेष्ठ १५ गते सरकारले ल्याउने बजेटको विषयमा छलफल गर्न सचिवालय बैठक बोलाईएको महासचिव पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।