आज बस्ने नेकपा स्थायी समिति बैठकमा ओलीको राजिनामा नमागिने

आज बस्ने नेकपा स्थायी समिति बैठकमा ओलीको राजिनामा नमागिने

२ श्रवाण, काठमाण्डौँ । स्थायी समितिले कुनै निर्णय गर्न नसकेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद केन्द्रीय कमिटीमा पुग्ने भएको छ । असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक निर्णय गर्न असफल भएपछि विवादित विषयको निरुपण गर्ने जिम्मा केन्द्रीय समितिमा लैजाने तयारी भएको हो ।

आज बस्ने स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको मिति तोक्ने र त्यहीँबाट समस्याको समाधान निकाल्न शीर्ष नेताहरु तयार भएको एक सचिवालय सदस्यले जानकारी दिए ।

‘विवाद जहाँको त्यहीँ छ । बीचमा धेरै पटक सहमतिका लागि प्रयास भयो । तर सहमति जुटेन,’ वरिष्ठ नेता झलनाथ खनालले भन्नुभयो, ‘अव जे निर्णय हुन्छ केन्द्रीय कमिटिबाटै हुन्छ ।’

नेता खनालले कम्तिमा एक महिनापछि केन्द्रीय समिति बैठक बोलाउन सकिने बताउनुभयो । यदि सोही अनुसार निर्णय भए नेकपाभित्रको बैशाखयता चर्किएको विवाद अरु थप एक महिना पर धकेलिने छ । अर्थात ओलीले अरु एक महिना राजीनामा दिनुनपर्ने भएको छ ।

पार्टी विधानअनुसार नेकपा केन्द्रीय समिति बैठक प्रत्येक ६ महिनामा बस्नुपर्ने व्यवस्था छ । यसअघि गत माघमा केन्द्रीय समिति बैठक बसेको थियो ।

स्थायी समिति सदस्य देवेन्द्र पौडेल केन्द्रीय कमिटी बैठक बोलाइए पनि समस्या समाधान भैनसकेको केवल समस्या अलि पर धकेलिएको बताउँछन् । ‘नेकपा संकट निश्कर्षउन्मुख भएको होइन, यो पर धकेलिएको मात्र हो’, नेता पौडेलको भनाई छ ।

आजको बैठकमा ओलीको राजिनामा नमागिनेः

आज विहान ११ बजेबाट सुरु हुने स्थाई कमिटीको बैठकमा यसअघि बोल्न बाँकी रहेका सदस्यहरुले आफ्नो धारणा राख्ने कार्यतालिका छ । स्थायी कमिटी सदस्य मणि थापाले दिएको जानकारीअनुसार आजको बैठकमा कोरोना महामारी, बाढिपहिरोको विषयमा सदस्यहरुले धारणा राख्नेछन् ।

तर, यसअघिझैं प्रधानमन्त्रीको राजीनामा वा सरकारको समिक्षा भने नहुने उनको भनाई छ । राजीनामा लगायत एक व्यक्ति, एक पदका विवादका एजेण्डा केन्द्रीय कमिटी बैठकमा लैजानेबारे अध्यक्षद्धय ओली र दाहालबीच सहमति भैसकेको उनको दाबी छ ।

उनले अहिले प्राकृतिक विपद् र कोरोनाको विषयमा केन्द्रित रहेर मात्रै नेताहरुले बोल्ने समझदारी बनेको जनाए । र, स्थायी कमिटीले नै अहिले पार्टीभित्र देखिएका विभिन्न विवादको विषयहरु केन्द्रीय कमिटीको बैठक डाकेर छलफल गर्ने र त्यही बैठकबाट छिनोफानो गर्ने पनि उनले स्पष्ट पारे ।

प्रतिक्रिया:

सम्बन्धित खवर