३० असार, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले भन्दै आएको अयोध्या गलत भएको तर्क गर्दै वास्तविक अयोध्या नेपालमा भएको बताउनुभएको छ । अयोध्या नै नेपालमा भएको भन्दै राम पनि भारतीय नभएको बताउनुभएको छ ।
उहाँले अयोध्या वीरगञ्जको पश्चिमतर्फको ठोरीमा भएको र राम पनि त्यहींको भएको बताउनुभएको हो ।
सोमबार २०७ औं भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा भानुभक्तको बीर्खे टोपी लगाएका उहाँले भने, ‘अयोध्या भनेको वीरगञ्जभन्दा पश्चिमपट्टीको गाउँ हो । वास्तवमा अहिले खडा गरिएको अयोध्या होइन ।’ दशरथले पुत्रीष्टी यज्ञ रिडीको पण्डित भएको उल्लेख गर्दै राम पनि अयोध्याको नभएको बताउनुभएको हो ।
भारतले भन्दै आएको अयोध्याबाट त्यहाँका राजा जनकपुरसम्म कसरी विवाह गर्न आइपुगे भनी प्रश्न गर्नुभयो । भारतले अहिले भनेको अयोध्याबाट राम जनकपुरसम्म आउन सम्भव थिएन भनी तर्क गर्नुभयो । सञ्चार सुविधा नभएको बखत कसरी भारतले भनेको अयोध्याबाट जनकपुरसम्म सम्पर्क भयो भनी प्रश्न गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भारतले सांस्कृतिक तथ्यहरुमा अतिक्रमण गरेको बताउनुभयो । सांस्कृतिक हिसाबले नेपाल थिचिएको उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो–‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौं । तथ्यहरूमा अतिक्रमण भएको छ । हामी अहिले सीता भारतका राजकुमार रामलाई दियौं भनेर ठानिरहेका छौं । भारत हैन अध्योध्याकालाई दिएका हौं ।’
प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही हो भने त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न गरे। उनले भने ‘सन्तान पनि भारतका हुँदै होइनन्, ठाउँ पनि भारतको होइन, तर त्यो इतिहास अहिले वहसगरी साध्य छैन।ु
अयोध्या भारतको उत्तर प्रदेशमा रहेको छ । अयोध्यामा राम मन्दिरको मुद्दाले भारतको राजनीतिमा ठुलो असर पारेको छ । हिन्दुहरुले राम मन्दिर भत्काएर बाबरी मस्जिद बनाइएको भन्दै भत्काइदिएका थिए । उक्त घटनापछि त्यहाँ दंगा भड्किएको थियो । तर, दुई दशकपछि राम मन्दिर निर्माणको पक्षमा फैसला आएको छ ।