राजनीति
प्रधानमन्त्री ओलीकै पहलमा ‘नेकपा एमाले’ दर्ता भयोः प्रचण्ड
९ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै पहलमा ‘नेकपा एमाले’ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको दाबी गर्नुभएको छ । पुष्पलाल स्मृति दिवसको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले पार्टी संकटमा रहेको बताउनुभएको हो । पार्टीको बैठक चलिरहेकै बेलामा अर्का अध्यक्षको सक्रियता र पहलमा ‘नेकपा एमाले’ दर्ताका लागि निवेदन परेको प्रचण्डको आरोप छ ।..
महाधिवेशनको तयारीमा कांग्रेका नेताहरुः कृष्ण सिटौलाले सम्पर्क कार्यालय खोले
९ श्रावण, काठमाण्डौँ । नेपाली कांग्रेको १४औं महाधिवेशन नजिकी रहँदा नेताहरुले आ–आफ्नै तयारीमा जुट्न थालेका छन् । सभापतिमा लड्नेगरि पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अभियान समेत सुरु गरेका छन् । उनले हिजोमात्रै काठमाडौंमा सम्पर्क कार्यालय खोलेको उनी निकटका नेता भीमसेनदास प्रधानले जानकारी दिए । प्रधानका अनुसार नेता सिटौला कसैको क्याम्पमा गएका छैनन । प्रधानले सिटौला १४औं महाधिवेशनको सभापतिको लागि सशक्त उम्मेद्धवार भएको जिकिर गरे । प्राईम टाईम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा..
न्यायाधीशमाथि महाअभियोग लगाउन बाबुराम भट्टराईको प्रस्ताव
९ श्रावण, काठमाण्डौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका छन् । सर्वाेच्च अदालतले जेल सजायँ कटौती गरिदिएपछि पूर्वडीआईजी रञ्जन कोइराला रिहा भएको भोलिपल्टै डा. भट्टराईले न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका हुन् । समाजवादी पार्टीका वरिष्ठ समेत रहेका डा. भट्टराईले देश गम्भीर संकटतिर जान लागेको बताउँदै आफ्ना धारणा बुँदागत रुपमा ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । ‘लोकतान्त्रिक ढंगले संकटमोचन गर्ने उपाय’ भन्दै डा. भट्टराईले संसद..
पार्टी नेताहरुको विरुद्धमा दुष्प्रचार बन्द गर्न प्रचण्ड सचिवालयलको आग्रह
८ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पार्टी नेताहरुकाविरुद्ध भइरहेको दुष्प्रचार बन्द गर्न आग्रह गरेको छ । पछिल्ला दिनमा नेकपाको आन्तरिक वैचारिक बहसका विषयलाई लिएर भइरहेको प्रचार गलत र वास्तविक नभएको सचिवालयले स्पष्ट पारेको हो । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले आज ‘प्रेस नोट’ जारी गर्दे सो जानकारी दिनुभएको हो । केही दिनयता पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्माका सम्बन्धमा विभिन्न माध्यमबाट प्रकाशित÷प्रसारित..
विपद् रोक्नका लागि विकास नीति परिवर्तन गर्न आवश्यक छः गृहमन्त्री थापा
८ श्रावण, काठमाण्डौँ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले विपद् रोक्नका लागि विकास नीति परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । मुलुकमा विकास नीति भनेको नै डोजर नीति भएको उल्लेख गर्दै मन्त्री थापाले यसलाई परिर्तन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो । गृहमन्त्रालयमा आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री थापाले भन्नुभयो–“विकास नीति भनेकै डोजर नीति भयो, हाम्रा इञ्जिनीयर भनेको नै डोजर चालक भए, त्यसले पनि विपद्..
प्रधानमन्त्री भेट्न बालुवाटार पुगे देउवा
८ श्रावण, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटको क्रममा देउवाले कोरोना र बाढी पहिरोका सम्बन्धमा ओलीलाई ध्यानाकर्षण गराएका छन् । सभापति देउवाले कोरोना संक्रमतिको संख्या बढिरहेका बेला लकडाउन खुलेपछिको चुनौती सामना गर्न विशेष रणनीति निर्माण गर्नेका लागि प्रधानमन्त्री ओलीसँग आग्रह गरेका छन् । देउवाले पीसिआर प्रविधीबाट मात्रै परीक्षण गर्न आग्रह गरेका थिए ।..
काँग्रेसको तत्कालिन समुह छिन्नभिन्न बन्दैः नेताहरु आ–आफ्नै तयारीमा
८ श्रावण, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले महामन्त्री डा. शशांक कोइरालालाई भेटेर आगामी महाधिवेशनमा आफू सभापतिमा उम्मेद्ववारी दिनेगरि तयारी थालेकोबारे जानकारी गराएका छन् । सभापति शेरबहादुर देउवाले आगामी दिनमा पूनः सभापति लड्नेगरि तयारी थालिरहँदा उनकै गुटका शक्तिशाली नेता निधिले महामन्त्री कोइरालालाई भेटेर आफू सभापतिमा उठ्न लागेको र मिलेर अघि बढ्न प्रस्ताव गर्दा कतै देउवा र निधिबीचको सम्बन्ध बिग्रिएको त होईन ? भन्नेपनि प्रश्न उठेको छ..
बामदेव गौतम भन्छन्ः ‘मसहित प्रचण्ड, माधव र झलनाथको समुह मजबुत छ’
७ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले आफूहरुको समुह यथावत स्थानमा रहेको स्पष्ट पार्नुभएको छ । उहाँले पार्टी हितका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल र आफूसमेतको समुह एक भएर मजबुत अवस्थामा रहेको बताउनुभएको हो । पत्रकार ऋषि धमलासँग कुरा गर्दै गौतमले समुह छाडेर अर्का अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिन थालेकोबारे सोधिएको प्रश्नमा त्ये हल्ला मात्र भएको बताउनुभयो ।..
नेकपा स्थायी समिति बैठक सम्पन्नः उद्धार र राहतमा खटिने निर्णय
६ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक आज केहीबेर बसेर स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोमा प्रभावित बनेकाहरुको उद्धार र राहतमा खटिने निर्णय गरेको बताइएको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपि शर्मा ओली उपस्थित हुनुहुन्नथ्यो । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बाढी पहिरोबाट प्रभावितहरुको उद्धार र राहतमा सम्पूर्ण पार्टी एकताबद्ध भएर लागिपर्ने निर्णय भएको बताउनुभयो..
नेकपाको स्थायी समिति बैठक सुरु, प्रधानमन्त्री ओली अनुपस्थित
६ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवासमै बैठक सुरु भएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने बैठकमा अनुपस्थित रहेका छन् । स्थायी समिति सदस्य देव गुरुङले प्रधानमन्त्री सहभागी नभएपनि उनकै सहमतिमा बैठक सुरु भएको बताउनुभयो । नेकपाभित्रको विवादका कारण यसअघि पटक पटक स्थायी समिति बैठक स्थगित हुँदै आएको थियो । प्रधानमन्त्रीको राजीनामाको माग भएपछि नेकपाभित्र..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७