३ असोज, जनकपुरधाम । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान अपुरो र अपुर्ण रहेको बताउनुभएको छ ।
प्रदेशको अधिकार सङ्कुचनको सोचबाट कतिपय विषयमा व्यवधान खडा गरिएको बताउँदै उहाँले संविधान अपूरो र अधुरो रहेको बताउनभएको हो । दलित, पहाडका जनजाति मुद्दालाई समेत समेट्न नसकेको उहाँको दावि छ ।
‘संविधानमा रहेका त्रुटि नसच्याएसम्म संविधान सबैको सर्वस्वीकार्य बन्न सक्दैन ।’ उहाँ भन्नुभएको छ । संविधानमा पहिचान र सामथ्र्यका आधारलाई अनुसरण नगरिएको बताउँदै उहाँले संविधानले दिएको अधिकारलाई सबैले इमान्दारपूर्वक पालना गरेमात्र संविधान र सङ्घीयताले छिटो स्थायित्व पाउने उल्लेख गर्नुभएको छ ।
-रासस