नेपालीको साक्षरोत्तर शैक्षिक भविष्यका लागि सरकार प्रतिवद्ध छः प्रधानमन्त्री ओली

२३ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘साक्षर नेपाल’ निर्माणको अभियान सफल तुल्याई साक्षरोत्तर शैक्षिक भविष्य सुनिश्चित गर्ने सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ५४ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज सन्देश दिँनुहुँदै संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहको शिक्षा निःशुल्क पाउने हक सुनिश्चित गरेकाले यस्तो संवैधानिक सुनिश्चिततालाई सरकारले कार्यान्वयन गरेको उल्लेख गर्नुभयो । उहाँले विद्यालय जाने उमेर नाघेका..

बाबुराम भट्टराईलाई सुर्य थापाको जवाफः शिष्टता पोलेर खाएको पूर्व प्रधानमन्त्री !

२२ भाद्र, काठमाण्डौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाबारे गरेको टिप्पणीको भाषा शैलीलाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जवाफ फर्काउनुभएको छ । देशको प्रधानमन्त्री भईसकेको व्यक्ति हो वा गाली शिरोमणि भनेर थापाले प्रश्न गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा मार्फत थापाले भन्नुभएको छ–‘सामाजिक मर्यादा र शिष्टता पोलेर खाएको पूर्व प्रधानमन्त्रीको एक लज्जास्पद टिप्पणी !’ भन्दै सामाजिक मर्यादा र शिष्टता पोलेर खाएपछि सायद यस्तै हुन्छ कि..

गोकुल बास्कोटालाई फेरि मन्त्री बनाउने तयारी

२१ भाद्र, काठमाण्डौँ । पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटालाई फेरि मन्त्री बनाउने तयारी भएको छ । बास्कोटालाई सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको घुसको मोलमोलाईको टेप प्रकरणमा चोख्याएर मन्त्री बनाउनकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठनलाई केही समय पछि धकेलेको स्रोतको भनाई छ । बास्कोटा टेपकाण्डमा चोख्खिएलगत्तै पुनः मन्त्री बन्ने स्रोतले जानकारी दिएको छ । यसैका लागि योजनावद्ध तरिकाले प्रक्रिया बढेको छ । बास्कोटाको टेपकाण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजयप्रकाश मिश्रलाई सात..

भ्रष्ट हाकिम र मल नल्याउने ठेकदारलाई कारवाही गर्ने विप्लव समूहको चेतावनी

२१ भाद्र, काठमाण्डौँ । नेपालमा प्रतिवन्धित विद्रोही विप्लव समूहले केही ठेकदार र सरकारी कर्मचारीमाथि कारबाहीको चेतावनी दिएका छन् । सो समूहमा प्रवक्ता खड्गबहादुर विश्वकर्मा(प्रकाण्ड) ले एक विज्ञप्ति जारी गर्दै कारवाहीको चेतावनी दिएका हुन् । काँकडभिट्टा–इनरुवा रेल्वे ठेक्कामा भ्रष्टाचार गरेको भन्दै रेल विभागका हाकिम र ठेकदारहरुका साथै मलको ठेक्का लिएर किसानलाई उपलब्ध नगराउने ठेकदार (प्रचण्डका घरबेटी) समेतलाई सरकारले तत्काल कारबाही गर्न सो विज्ञप्ती मार्फत माग गरिएको छ । सरकारले उनीहरुमाथि कारवाही..

युवराज खतिवडालाई कतै पनि नियुक्ति नदिन दबाब, सरकारको लोकप्रीयता घटाएको आरोप

२१ भाद्र, काठमाण्डौँ । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको लोकप्रीयता घटेको भन्दै सरकार र नेकपा भित्र समिक्षा शुरु भएको छ । खतिवडाले देश र जनताको हितमा भन्दा अन्तर्राष्ट्रिय शक्तिको स्वार्थ पूरा गर्नतर्फ केन्द्रित भएको भन्दै आलोचना समेत सुरु भएको छ । खतिवडाको कार्यकालमा देशको अर्थतन्त्रका धेरै मेरुदण्ड धराशायी भएको विज्ञहरु बताउँछन् । शेयर बजार सबैभन्दा बढी मारमा पर्याे । घरजग्गा कारोबार ठप्प भयो । सर्वसाधारणले..

आफ्नो निर्णय सच्याउन सभापति देउवालाई संस्थापन इतर समूहको एक हप्ते अल्टिमेटम

२१ भाद्र, काठमाण्डौँ । नेपाली काँग्रेसको रामचन्द्र पौडेल समुहले सभापति शेरबहादुर देउवाका पछिल्ला निर्णय फिर्ता गराउन चरणबद्ध दबाब दिने निष्कर्ष निकालको छ । संस्थापन इतर समूहको हिजो भएको ‘भर्चुअल’ बैठकले सभापति देउवाद्वारा पार्टी विधान विपरीत गरिएका निर्णय सच्याउन एक हप्ताको अल्टिमेटम दिने निष्कर्ष निकालेको हो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, रामशरण महत, महेश आचार्य, धनराज गुरुङ, चन्द्र भण्डारी, नविन्द्रराज..

युवराज खतिवडालाई सफल अर्थमन्त्री मान्न सकिन्नः राप्रपा अध्यक्ष लोहनी

२० भाद्र, काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाललाई सफल मान्न नसकिने बताउनभएको छ । डा. खतिवडा अर्थशास्त्रमा काविल व्यक्ति भएपनि अर्थमन्त्रीको हैसियतले उहाँले व्यतित गरेको साँढे दुई वर्षको रेकर्ड भने मिश्रित रहेको डा. लोहनीले टिप्पणी गर्नुभएको छ । मन्त्रीको पदभार ग्रहण गरेलगत्तै खतिवडाले अघि सारेका कार्यक्रम र श्वेतपत्रअनुसार कुनैपनि काम नभएको उहाँको भनाई छ । युवराज खतिवडाको साढे २ वर्षको कार्यकाल..

बालुवाटारको शक्तिलाई कम नआँक्न प्रधामनमन्त्रीको नयाँ शस्त्रहरु….

२० भाद्र, काठमाण्डौँ । पार्टीको सचिवालय बैठकले आफूलाई घेराबन्दीमा पारेर वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गराउन बाध्य पारेको नदेखाउन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नयाँ रणनीति अख्तियार गर्नुभएको छ । गौतमलाई राष्ट्रिय सभामा लैजाने सचिवालयको दुई पटकको निर्णयलाई समेत वहाँले तत्काल कार्यान्वयनको प्रक्रिया अघि बढाउनु भएको छैन । बालुवाटारको शक्तिलाई कम नआँक्न उपाध्यक्ष गौतमलाई संविधान देखाएर भएपनि तर्साउने प्रधामनमन्त्रीको मनसाय छ । संवैधानिक अड्चन देखाएरै भएपनि वामदेव गौतमलाई..

इतिहास मेटाउने काम गर्नुहुन्नः रामचन्द्र पौडेल

२० भाद्र, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले इतिहास सधैं जीवीत रहने बताउँदै पहिचानको नाममा इतिहास मेटाउने काम गर्न नहुने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले स्वर्गीय राजा वीरेन्द्र शाह र पूर्व राजा ज्ञानेन्द्र शाहसँगको तस्विर शेयर गर्दे कसैको पहिचान मेटाउन नहुने बताउनुभएको हो । पौडेलले लेख्नुभएको छ–‘इतिहास जिवित रहन्छ ! पृथ्वीनारायण शाहको होस् या लखन थापाको ! आफ्नै अलग पहिचान छ !..

कांग्रेस मनोनयन विवादः देउवाविरुद्ध ‘अल्टिमेटम’ जारी गर्ने तयारीमा पौडेल पक्ष

२० भाद्र, काठमाण्डौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विभागहरुमा मनोनयन जारी राखेपछि रुष्ट भएको रामचन्द्र पौडेल पक्षले आफू निकट केन्द्रीय सदस्यहरुको ‘भर्चुअल’ बैठक बोलाएको छ । केन्द्रीय सदस्यहरुको ‘जुम मिटिङ’बाट निर्णय फिर्ताको लागि सभापति देउवालाई दबाब दिने रणनीति बनाउने नेताहरुले बताएका छन् । केन्द्रीय सदस्य गुरुराज घिमिरेले आजको छलफलमा दबाबमुलक कार्यक्रम गर्नेबारे छलफल हुने बताउनुभयो । ‘विधिको उल्लंघन गरेकाले सुरुमा निर्णय सच्याउन अल्टिमेटम दिने, निर्णय नसच्चिए धर्ना र अनशन..