कांग्रेस निकट अधिवक्ता दिनेश त्रिपाठीद्धारा बामदेवको विरुद्ध सर्वाेच्चमा निवेदन

कांग्रेस निकट अधिवक्ता दिनेश त्रिपाठीद्धारा बामदेवको विरुद्ध सर्वाेच्चमा निवेदन

५ असोज, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री बनाउन नमिल्ने भन्दै सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ । आज वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वाेच्चमा रिट दर्ता गराउनुभएको हो । उहाँ नेपाली कांग्रेस निकट हुनुहुन्छ ।

संविधानको धारा उल्लेख गर्दै गौतमलाई मन्त्री नबनाउनु तथा सांसदको रुपमा कार्य समेत नगराउनु भनिएको छ । यसको सुनुवाई असोज ७ गतेका लागि तोकिएको त्रिपाठीले जानकारी दिनुभयो ।

नेपालको संविधानको धारा ७८ ले संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुने व्यवस्थाको उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा १ बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन भनेको छ । यसैलाई लिएर बामदेव सरकारमा जान नमिल्ने तर्कहरु भइरहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर