
४ असोज, काठमाण्डौँ । तत्कालिन समाजवादी पार्टीबाट कारवाहीमा परेकी सरिता गिरीले तराई मधेश बृहत लोकतान्त्रिक अभियान गठन गरेर मधेशको राजनीतिमा पुनः प्रवेश गरकी छिन् ।
असोज २ गते लोकतान्त्रिक अभियानको घोषणा गरेकी गिरीले अन्ततः पुरानै नेपाल सद्भावना पार्टीलाई मधेशमा सक्रिय बनाउने लक्ष्य लिएकी छिन् । नेपाल सद्भावना पार्टी नेपालले असोज ३ गतेको दिनलाई कालो दिवसको रुपमा मनाउन आयोजना गरेको कार्यक्रममा उनी अभियानको तर्फबाट सहभागी हुन जनकपुर पुगेकी थिइन् ।
अहिले अभियान बनाएकी उनी अन्ततः नेपाल सद्भावना पार्टीमा गएर तराई मधेशमा राजनीतिमा सक्रिय हुने उनको योजना छ । सरिता गिरीले गठन गरेको लोकतान्त्रिक अभियानमा नेपाल सद्भावना पार्टीलाई पनि राखिएको छ । त्यसमा अर्काे दलित मुस्लिम जनशक्ति पार्टी पनि रहेको छ । संस्थाको रुपमा विश्व हिन्दु परिषद् नेपाल, पिछडा वर्ग महासंघ र महिला जनअभियान समिति पनि त्यसमा रहेका छन् ।
अहिले सरिता गिरीको आफ्नो कुनै संगठन छैन । विभिन्न संगठनलाई जोडेर बृहत लोकतान्त्रिक अभियान बनाउने दाउमा उनी लागेकी छिन् । तर अन्ततः उनी पछि नेपाल सद्भावना पार्टीमा नै सक्रिय हुने स्रोतहरुको दावी छ ।
अहिले आफू तराई मधेशका मेचीदेखि महाकालीसम्मको यात्रामा निस्केको र त्यसक्रममा हरेक प्रकारका अगुवा व्यक्तिहरुसँग भेट्ने, छलफल गर्ने अनि गठबन्धनलाई अझ संगठित बनाएपछि मात्र तीन महिनापछि लोकतान्त्रिक अभियानको बारेमा विस्तृत जानकारी गराउने उनले बताएकी छिन् ।
गिरी पुर्व सांसद गिरी तत्कालिन नेपाल सद्भावना पार्टीकी अध्यक्ष हुन् ।-file photo.


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७