४ चैत्र, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूलाई समसामयिक विषयमा छलफल गर्नका लागि आह्वान गर्नुभएको छ ।
राष्ट्रपतिले आज अपराह्न ४ बजे राष्ट्रपति भवनमा छलफलका लागि आह्वान गर्नुभएको हो । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल एवं पूर्वप्रधानमन्त्रीलाई छलफलमा आमन्त्रण गरिएको छ ।
दलहरुबीच देखिएको विवाद अन्त्यको प्रयासस्वरुप भण्डारीले बैठक बोलाएको बताइएको छ ।
बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको बताईएको छ ।