अब कसैले पनि पाँच बर्षसम्म संसद भंग गर्न सक्दैनः पूर्वराष्ट्रपति यादव

१३ फाल्गुन, जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संसद विघटन बदर गर्ने सर्वाेच्च अदालतको फैसलाले संविधान मजबुत बनाएको बताउनुभएको छ । लोकतन्त्र रहेसम्म अब कसैले पनि पाँच बर्षसम्म संसद भंग गर्न नसक्ने उहाँको भनाइ छ । महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्तीको अवसरमा आज जनकपुरधाममा आयोजित कार्यक्रममा डा. यादवले सर्वाेच्च अदालतलेको फैसलाले लोकतन्त्रमा विश्वास गर्नेहरुलाई खुसी दिएको बताउनुभयो । संसद विघटन भएपछि धर्मवादी, क्षेत्रवादी, तानाशाहीवादी जुर्मुराएको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘देशमा..

कांग्रेसले नयाँ सरकार निर्माणको विषयमा तत्काल निर्णय नगर्ने

१३ फाल्गुन, काठमाण्डौँ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले नयाँ सरकार निर्माणको विषयमा तत्काल निर्णय नगर्ने बताएको छ । कांग्रेस सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको पदाधीकारी र पूर्व पदाधीकारीहरुको बैठकमा ओली नेतृत्वको सरकार परिवर्तन गर्ने वा निरन्तरता दिने भन्ने विषय नेकपाको हातमा रहेको भन्दै अहिले हतारमा निर्णय गर्न अनुपयुक्त हुने निष्कर्शमा पुगेको जनाएको छ । बैठकमा संसदीय प्रक्रिया अघि नबढेसम्म सत्तासहकार्यमा गर्ने निर्णय गर्न हतार गर्न नहुने धारणा..

सर्वाेच्च अदालतले देशलाई अनिश्चितताबाट जोगायोः जसपा अध्यक्ष यादव

१३ फाल्गुन, इलाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सर्वाेच्च अदालतले मुलुकलाई राजनीतिक अस्थीरता र अनिश्चितता हुनबाट रोकेको बताउनुभएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका यादवले संघीयता, गणतन्त्र र लोकतन्त्र नै ध्वस्त पार्ने योजनाका साथ भंग गरिएको संसद पुनस्र्थापना गरेर सर्वाेच्च अदालतले आन्दोलन, अस्थीरता र अनिश्चितताबाट जोगाएको बताउनुभयो । जनता समाजवादी पार्टी इलामले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सर्वाेच्च अदालतले केपी ओलीको निरंकुश बन्ने सपनालाई रोकेको..

देशलाई समृद्ध बनाउने अभियानबाट पछि नहट्ने प्रधानमन्त्री ओलीको उद्घोष

१३ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउने अभियानबाट आफू कहिल्यै पछि नहट्ने बताउनुभएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउन कृषि क्षेत्रलाई समृद्ध बनाउनु जरुरी रहेको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण र यान्त्रिकरणबाट उत्पादन बढाउन सकिने र कम जनशक्तिको प्रयोगबाट धेरै काम गर्न सकिने भएकाले त्यसतर्फ वर्तमान सरकार लागिरहेको बताउनुभयो..

नेकपाको नाम विवादमा सर्वाेच्चले फाल्गुन २० गते फैसला गर्ने

१३ फाल्गुन, काठमाण्डौँ । सर्वाेच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा फाल्गुन २० गते फैसला गर्ने भएको छ । आज न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त मुद्दामा सुनुवाई सकेर निर्णय सुनाउने मिति फाल्गुन २० गतेलाई तोकेको सर्वाेच्च अदालतका एक अधिकारीले बताए । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो । तर..

छोरो नपाई कन्दी बाट्ने कुरा हुँदैनः रामचन्द्र पौडेल

१३ फाल्गुन, काठमाण्डौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा विभाजनको स्थिति प्रष्ट भइनसकेको अवस्थामा कांग्रेसले कुनै निर्णय नगर्ने बताउनुभएको छ । पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पौडेलले संसदमा विषय आयो भने त्यहिँ कांग्रेसले आफ्नो पोजिसन प्रष्ट पार्ने बताउनुभयो । पौडेलले भन्नुभयो, ‘छोरो नपाई कन्दी बाट्ने कुरा हुँदैन । नेकपाको कुरा के हो ? उनीहरु विभाजन भएका हुन् कि होइनन् ? यसबारेमा प्रष्ट हुनुपर्छ । भोलि संसदमा विषय आयो..

सत्ता–साझेदारीका लागि दाहाल–नेपाल समूह र जसपाका नेताहरु बिच छलफल

१३ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नयाँ सरकारमा सहकार्य गर्न जनता समाजवादी पार्टी (जसपा) सँग सत्ता समिकरणबारे वार्ता गरेको छ । जनता समाजवादी पार्टीले राजनीतिक परिस्थिति फेरिएसँगै सरकारमा जान सक्ने संकेत देखाएसंगै नेकपा–जसपा सत्ता समिकरणबारे कुरा अगाडी बढेको हो । सर्वाेच्च अदालतको फैसलालाई जसपाका नेताहरूले स्वागत गरेका छन् । फैसलालगत्तै जसपाका शीर्ष नेताले अनौपचारिक छलफलसमेत गरेका थिए । जसपाका नेता महन्त ठाकुर तथा राजेन्द्र महतो र नेकपा अध्यक्ष..

केही वर्षभित्र मेचीदेखि महाकालीसम्म रेल कुद्छः प्रधानमन्त्री ओली

१० फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबका केही वर्षभित्र मेचीदेखि महाकालीसम्म रेल कुद्ने उद्घोष गर्नुभएको छ । वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको आज अपराह्न शिलान्यास गर्दै उहाँले सो कुरा बताउनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य शुरु भइसकेको र मेचीदेखि महाकालीसम्म केही वर्षमै रेल पनि कुद्ने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा..

‘दाहाल–नेपाल–खनाल’ कम्पनीले मुलुकलाई अस्थिरतातर्फ लग्योः मुख्यमन्त्री राई

८ फाल्गुन, विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले नेकपाको प्रचण्ड समूहलाई खुलमटारमा गठन भएको ‘दाहाल–नेपाल–खनाल’ कम्पनीको संज्ञा दिनुभएको छ । मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम उक्त कम्पनीले गरेको उहाँको आरोप छ । विराटनगरमा आज आयोजित नेपाको बृहत आमसभालाई सम्बोधन गर्दै उहाँले मुलुकलाई अस्थिरतातर्फ धकेल्न आफ्नै पार्टीको प्रधानमन्त्रीलाई अपदस्त गर्ने, सरकारले गरेको विकास निर्माणको काममा भाँजो हाल्ने, राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउने र प्रदेशका मुख्यमन्त्रीहरूलाईसमेत अपदस्त गर्ने प्रयास गरेको बताउनुभयो । उहाँले..

वैद्य र डाक्टरले छाडेका प्रचण्डलाई झाँक्रीले पनि बचाउन सक्दैन: प्रधानमन्त्री ओली

८ फाल्गुन, विराटनगर । डाक्टर र वैद्यले छाडेपछि प्रचण्ड झाँक्रीको साथमा पुगेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । विराटनगरमा आयोजित सभामा उहाँले सुरुमा वैद्य र पछि डाक्टरले छाडेपछि प्रचण्ड झाँक्रीको साथमा पुगेको टिप्पणी गर्नुभएको हो । तर झाँक्रीले प्रचण्डलाई संरक्षण गर्न नसक्ने पनि बताउनुभयो । सिद्दिएका प्रचण्डलाई आफूले सिङ हाल्दिएको उहाँको तर्क थियो । आफूले लगाइदिएको सिङ बढेपछि सिध्याउन भन्दै लागेको बताउनुभयो । प्रचण्ड खिहिने बाटोमा अघि बढेको बताउनुभयो..