प्रधानमन्त्री ओली र जसपाका नेताहरुबीच भेटवार्ताः जसपाको प्रस्तावमा ओली सकारात्मक

प्रधानमन्त्री ओली र जसपाका नेताहरुबीच भेटवार्ताः जसपाको प्रस्तावमा ओली सकारात्मक


२७ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका नेताहरुले बालुवाटारमा भेटवार्ता गरेका छन् । भेटमा सत्ता समिकरणबारे कुराकानी भएको थियो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भेट सकारात्मक भएको जानकारी दिनुभएको छ । उहाँले भोलिपनि कार्यदलस्तरीय भेटवार्ता हुने ट्वीटरमार्फत उल्लेख गर्नुभएको छ ।

भेटमा जसपाले संविधान संशोधन, रेशम चौधरीको रिहाईको विषय अगाडि सारेको थियो । आफूहरुका मागको सम्बोधन पहिलो प्राथमिकतामा रहेको बताएका थिए ।

भेटमा सत्तापक्षबाट प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ सहभागी हुनुहुन्थ्यो । जसपाबाट अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, नेताहरु राजेन्द्र महतो, अशोक राई, लक्ष्मणलाल कर्ण सहभागी हुनुहुन्थ्यो ।

भेटमा जसपाका नेताहरुले सरकारमा सहभागी हुन राखेको तीनबुँदे शर्तमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन् ।

भेटमा सहभागी जसपाका नेता लक्षणलाल कर्णले भन्नुभयो, ‘हामीले कैदीबन्दी साथीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधन हाम्रो बटमलाइन हो भनेका छौं । प्रधानमन्त्रीजीले म सकारात्मक छु भन्नु भएको छ ।’

प्रतिक्रिया:

सम्बन्धित खवर