२ चैत्र, काठमाण्डौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले चैत्र ४ र ५ गते आयोजना गर्ने भनिएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग आज दुई घण्टा भन्दा बढी छलफल गरेर फर्किएका नेता नेपालले राष्ट्रिय भेला नरोकिने बताउनुभएको हो । ओली समूहसँगको सम्वाद सकारात्मक हुन नसकेकाले भेला नरोकिने बताईएको छ ।
धुम्बाराहीबाट फर्किएपछि खनाल र नेपाल समूहले बानेश्वरमा केन्द्रीय सदस्य तथा सांसदहरुको भेला राखेको थियो ।
ओलीले भोली आफ्नो सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका छन् । तर नेता खनाल–नेपाल समूहका नेताहरुले उक्त चियापानमा नजानेघोषणा गरेका छन् । नेताहरुले आफ्नो समूहका कोही पनि उक्त चियापानमा नजान पनि निर्देशन दिएको बताईएको छ ।