९ चैत्र, काठमाण्डौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकले सत्ता समिकरण र भावी रणनीतिबारे छलफल भईरहेको बताईएको छ ।
बैठकमा काँग्रेसको आगामी महाधिवेशन, क्रियाशिल सदस्यको विवाद टुंगो लगाउने विषयमा पनि छलफल गरिरहेको बुझिएको छ ।
काँग्रेसभित्र पछिल्लो समय सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिहाल्ने कि केही समय पर्खने विषयमा विवाद छ ।
बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलका अलावा वर्तमान पदाधिकारी र पूर्व पदाधिकार सहभागी छन् ।