एमाले संसदीय दलको बैठक सुरु, वामदेव गौतम पनि सहभागी

एमाले संसदीय दलको बैठक सुरु, वामदेव गौतम पनि सहभागी


७ चैत्र, काठमाण्डौँ । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे १० बजेदेखि बैठक सुरु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पैष ५ गते प्रतिनिधि सभा विघटन गरेपछि तटस्थ देखिएका नेता वामदेव गौतम पनि आजको बैठकमा सहभागी हुनुहुन्छ ।

आज पार्टी संसदीय दलको बैठकमा गौतम सहभागी भएको एमाले राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराई जानकारी दिनुभयो । पार्टीभित्र विवाद मिलाउन भन्दै गौतमले छुट्टै अभियान सञ्चालन गर्दै आएको सन्दर्भमा गौतम बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

हिजो पनि गौतमले सबैलाई बैठकमा उपस्थित हुन आग्रह गर्नुभएको थियो । पार्टीका माधव नेपाल पक्षले भने बैठकमा उपस्थिति नहुने निर्णय गरिसकेको छ ।

नेपाल पक्षले फाल्गुन २८ गतेको निर्णय नसच्चिएसम्म बैठकमा सहभागी हुन नसक्ने अडान लिँदै आएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर