४ चैत्र, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ । भोली ११ बजे बालुवाटारमा बैठक बोलाएको ओली पक्षका सांसद तथा मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । भोलीका लागि सबै सांसदहरुलाई एसएमएस गरेर निम्तो गरिएको उहाँको भनाई छ ।
प्रधानमन्त्री समेत रहनुभएका ओलीले गत फाल्गुन २८ गते एकलौटी बैठक बसेर गरेको निर्णयको विरोधमा एमालेको झलनाथ माधव पक्षले आजबाट राष्ट्रिय कार्यकर्ता भेला सुरु गरेको छ । उक्त भेलालाई ओली पक्षले गुटको भेला भनेको छ । तर नेपाल खनाल पक्षले पार्टीको आधिकारिक भेला भनेर दावी गरेको छ ।
ओली पक्षले खनाल नेपाल पक्षले बोलाएको भेलामा नजान निर्देशन जारी गर्दै गए कारवाही गर्ने चेतावनी दिएको थियो ।
यसैबीच खनाल नेपाल पक्षका सांसदहरु ओलीले बोलाएको दलको बैठकमा जाने सम्भावना कम रहेको बताईएको छ ।