१४ चैत्र, काठमाण्डौँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल समूहका बहुमत केन्द्रीय सदस्यहरु प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जानुपर्ने पक्षमा उभिएका छन् ।
आज कालिमाटीस्थित एक ब्यांक्वेटमा बसेको नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठकमा बहुमत सदस्यहरुले अध्यक्ष ओलीसँग नै मिलेर जानुपर्ने भनाई राखेको स्रोतले बताएको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार अब पार्टी एकतालाई जोगाउनको लागि नै बहुमत सदस्यहरुले लागिपर्ने भन्दै अब सोहीअनुसार अघि बढ्ने धारणा राखेका थिए ।
नेता नेपालले सबैको कुरा सुनेपछि आफूले सबैको भावनाको कदर गर्ने बताउनुभएको थियो ।