दुई समुहका एमाले सांसदहरु बालुवाटारमा बहश गर्दे, नेपाल र रावललाई कारवाही गर्ने ओलीको संकेत

दुई समुहका एमाले सांसदहरु बालुवाटारमा बहश गर्दे, नेपाल र रावललाई कारवाही गर्ने ओलीको संकेत


१३ चैत्र, काठमाण्डौँ । दुई समुहमा विभाजित भएका नेकपा एमालेका सांसदहरु आज दिउँसो बालुवाटारमा भेला भए । प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको दलको बैठकमा भाग लिन माधव नेपाल पक्षका नेताहरु पनि बालुवाटार पुगेपछि पार्टी एकताको भाव सञ्चार भएको भन्दै ओली पक्षका सांसदहरु पनि उत्साहित देखिए ।

एमाले संसदीय दलको बैठक आगामी बजेट र विकास योजनाहरुका सम्बन्धमा सांसद र मन्त्रीबीच सम्वाद गर्नका लागि बोलाइएको थियो । बैठकलाई प्रधानमन्त्री ओलीले सम्वोधन गरेका थिए भने अर्थमन्त्री विष्णु पौडेलले पनि सांसदहरु र मन्त्रीलाई मिलेर विकासे योजनाहरु तयार पार्न सुझाउनुभएको थियो ।

सचिवालय सदस्य एवं अर्थमन्त्री पौडेलले बजेट निर्माणको तयारीबारे ‘फिडब्याक’ दिन सांसदहरुलाई आग्रह गरेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । अर्थमन्त्री पौडेलले सांसदहरूका गुनासा सुन्न र समाधान गर्न अन्य मन्त्रीहरुलाई आग्रह गर्नुभएको थियो ।

भट्टराईका अनुसार दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले संसद विघटन भएकाले ढिलो अधिवेशन प्रारम्भ भएको र वैशाखमै बर्खे अधिवेशन बस्नुपर्ने भएकाले संसदको जारी बैठक केही दिनमै अन्त्य गर्ने जानकारी गराउनुभएको बताईएको छ ।

विकास योजनाबारे छलफल गर्न भन्दै बोलाइएको बैठकमा पार्टीभित्रको दुई गुटको भनाभन पनि मुखरित भएको थियो । बरिष्ठ नेता झलनाथ खनालले केही कुरा राख्छु भन्दै आफ्ना धारणाहरू राख्नुभएको थियो ।

खनालले पार्टी जेठ २ को पुरानै अवस्थामा फर्किनुपर्ने भन्दै त्यसपछि एकलौटी रुपमा भएका निर्णयहरु सच्याउन आग्रह गरेको एक सांसदले बताउनुभयो ।

यस्तै एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र भीम रावललाई कारवाही गर्ने संकेत गर्नुभएको छ ।

नेपाल र रावललाई सोधेको स्पष्टीकरण प्राप्त भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ती स्पष्टीकरण कारवाहीयोग्य भएको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले आज बालुवाटारमा राखेको संसदीय दलको बैठकमा यसबारे जानकारी गराउनुभएको बताईएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर