२१ चैत्र, काठमाण्डौँ । नेकपा (एमाले) माधव नेपाल पक्षका ११ स्थायी कमिटी सदस्यहरुले संयुक्त रुपमा विज्ञप्ती निकालेका छन् । विज्ञप्तीमा अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला कदमहरुको विरोध गरिएको छ ।
शुक्रबार बसेको माधव नेपाल पक्षधर स्थायी कमिटीहरु सदस्यहरुले पार्टीको नवौं महाधिवेशनको मार्गनिर्देशन, त्यसबाट पारित विधान र पद्धती मिच्दै अध्यक्ष ओलीबाट एकपछि अर्काे निरंकुश र स्वेच्छाचारी कार्य भैरहेको जनाएका छन् ।
उनीहरुले ओलीबाट राज्यसत्ताको दुरुपयोग गर्दै तानाशाही प्रविर्ती लाद्ने दुस्प्रयास भइरहेको पनि आरोप लागाएका छन् ।