विद्यार्थी नेताहरुको एउटै आवाजः स्ववियु निर्वाचन हुनुपर्छ !

विद्यार्थी नेताहरुको एउटै आवाजः स्ववियु निर्वाचन हुनुपर्छ !

१४ चैत्र, काठमाण्डौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनबारे त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चासो देखाएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिभुवन विश्वविद्यालय समितिसँग त्रिविले आगामी जेष्ठ ३० गते स्ववियु निर्वाचन गर्न सहमति जनाएको छ ।

नेविसंघ त्रिवि समितिले पाँच बुँदे माग राखेर ४८ दिनसम्म गरेको रिले अनसनपछि स्ववियु निर्वाचन गर्नेगरी त्रिवि र नेविसंघबीच ९ चैत्रमा सहमति भएको थियो । उक्त सहमतिको विद्यार्थी संगठनले स्वागत गरेका छन् ।

सत्तारुढ नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष ऐन महरले स्ववियु चुनाव गराउने कुरा सकारात्मक र स्वागतयोग्य भएको बताउनुभयो । तीन महिना पर्याप्त समय भएको भन्दै उहाँले आफूहरु पनि सहभागी हुने र अरुलाई पनि सहभागी गराउने वातावरण निर्माणमा लाग्ने बताउनुभयो ।

काँग्रेस निकट नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आफूहरु सधै स्ववियु चुनावको पक्षमा रहेको बताउनुभयो । त्रिविले चाहेको अवस्थामा स्ववियु चुनाव हुन गाह्रो नहुने भन्दै उहाँले नेविसंघ सधैँ स्ववियु चुनावकै पक्षमा रहेको उल्लेख गर्नुभयो ।

माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ पनि स्ववियु चुनाव गराउने कुरा सकारात्मक हुनुहुन्छ । स्ववियु निर्वाचन अनिवार्य रहेको भन्दै उहाँले त्रिविले स्ववियु निर्वाचन चाँडो गराउनुपर्ने बताउनुभयो । त्रिविले गराउने स्ववियु चुनाव फेस गर्न अनेरास्ववियु क्रान्तिकारी तयार रहेको उहाँको भनाई छ ।

यस्तै जनता समाजवादी पार्टी निकट विद्यार्थी नेता रुपनारायण श्रेष्ठले पनि स्ववियुको चुनाव जरुरी रहेको बताउनुभयो । स्ववियु चुनाव गर्न जरुरी रहेको भन्दै उहाँले यो वा त्यो बहानामा चुनाव स्थगित गर्नु नहुने बताउनुभयो ।

विद्यार्थी नेताहरुका अनुसार प्रत्येक दुई वर्षमा हुनुपर्ने स्ववियु चुनाव लामो समयसम्म नहुँदा विद्यार्थी आन्दोलन कमजोर भएको छ । कोरोना संक्रमण जस्तो माहामारीका बेलामा विद्यार्थीलाई सहयोग पुर्याउने निर्वाचित संस्था नहुँदा विद्यार्थीलाई थप समस्या उनीहरुको बुझाई छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270