प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी

प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी


२२ चैत्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी भएको छ । २३ चैत्रभित्र नै अविश्वासको प्रस्ताव ल्याउने गरी तयारी भएको स्रोतको भनाई छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समिकरण बनाएर अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी भएको हो । त्यसका लागि भित्री रुपमा गृहकार्य भइरहेको बताएको छ ।

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउने काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताईसक्नुभएको छ । उहाँले नेपाली काँग्रेस नुवाकोटले आयोजना गरेको कार्यक्रममा यस्तो खुलासा गर्नुभएको हो ।

काँग्रेस, माओवादी केन्द्र र जसपाबीच प्रधानमन्त्रीमा कस्को नाम प्रस्ताव गर्नेबारे सहमति बन्न सकेको छैन । यसमा सहमति बनेमा सम्भवतः चाडै नै अविश्वासको प्रस्ताव दर्ता हुनसक्छ ।

प्रधानमन्त्रीका नाममा सहमति बनाउने अन्तिम तयारी चलिरहेको छ । यसका लागि तीनवटै दलका नेताहरु सक्रिय छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर