पौडेललाई ठाकुरको जवाफः अहिले ओली जीसंग कुरा भईरहेको छ

पौडेललाई ठाकुरको जवाफः अहिले ओली जीसंग कुरा भईरहेको छ


२२ चैत्र, काठमाण्डौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसंग भेट गर्नुभएको छ । काँग्रेस नेता पौडेल अध्यक्ष ठाकुरको हात्तिवनस्थित निवासमै पुग्नुभएको थियो ।

ठाकुरको मनशाय बुझ्न र नयाँ सरकारका लागि समिकरण बनाउन पहलका लागि पौडेल त्यहाँ पुगेको स्रोतको भनाई छ ।

काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरिसकेको र सत्ता समिकरणका लागि जसपाले उठाएको मुद्दा सम्बोधन गर्नेबारे पौडेलले कुराकानी गर्नुभएको थियो । मधेशको माग सम्बोधन गर्ने र त्यसबारे काँग्रेस सभापति शेरबहादुर देउवासँग बसेर कुरा गर्न पौडेलले सुझाव दिनुभएको बुझिएको छ ।

जवाफमा ठाकुरले आफूहरुको मुद्दाबारे ओलीसँगै कुराकानी भइरहेको जवाफ दिनुभएको थियो । काँग्रेस र माओवादी केन्द्रसहितको जसपाको समिकरण बनाउनेबारे ठाकुरको सकारात्मक जवाफ नआएको बुझिएको छ ।

जसपा अध्यक्ष ठाकुरले ओलीसँगै निकटता बढाएको संकेतहरु भेटमा समेत गर्नुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर