राजनीति

पार्टीको ह्विप उल्लंघन गर्ने कर्णाली प्रदेशका सांसदलाई मन्त्री पद उपहार
५ वैशाख, काठमाण्डौँ । पार्टीको ह्विप उल्लंघन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने एमालेका तीन प्रदेशसभा सदस्यलाई मन्त्री बनाइएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत लिए पश्चात शनिबार मन्त्रिपरिषद हेरफेर गर्ने निर्णय गर्नुभएको हो । यसअघि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मा पाएका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मा दिइएको छ भने मुख्यमन्त्रीले नै सम्हाल्दै आएको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा अमरबहादुर थापा..

पार्टीको साधारण सदस्य समेत नरहने गरी एमालेद्धारा ३ सांसदलाई कारवाही
४ बैशाख, काठमाण्डौँ । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पार्टीका ३ सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ । आज बसेको पार्टीको बैठकले वैशाख ३ गतेदेखि नै लागू हुनेगरी प्रदेशसभा सदस्यत्रय नन्दसिंह बुढा, अमर बहादुर थापा र कुर्मराज शाहीलाई पार्टी सदस्यसमेत नरहने गरी निष्काशन गरिएको प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्य समेत रहेका..

कर्णलीमा फ्लोर क्रस गर्ने सांसदहरुलाई कारवाही गर्ने तयारी
३ बैशाख, काठमाण्डौँ । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार सांसदलाई कारवाही गर्ने तयारी भएको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलले फ्लोर क्रस गर्ने सांसदहरुप्रति आक्रोश व्यक्त गर्दे कारवाही गर्ने संकेत गर्नुभएको हो । उहाँले पार्टीका सांसदहरुबाट राजनीतिक अपराध गर्ने काम भएको प्रतिक्रिया दिनुभएको छ । यस्तो क्रियाकलाप जिम्मेवार व्यक्तिहरुबाट हुने आफूले नसोचेको पनि उहाँले बताउनुभएको छ । फ्लोर क्रस गर्ने सांसदहरुलाई कारवाही गर्न कर्णाली प्रदेश एमाले संसदीय..

फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री शाही विश्वासको मत लिन सफल
३ बैशाख, काठमाण्डौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नु भएको छ । आज कर्णाली प्रदेश सभामा भएको मतदान प्रक्रियामा नेकपा एमालेका चार जना सांसदले पार्टीको ह्विप उल्लङ्घन गर्दै मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई मतदान गरेपछि उहाँले विश्वासको मत प्राप्त गर्नु भएको हो । नेकपा माओवादी र नेपाली काँग्रेससँग बहुमत नभएकाले शाही नेतृत्वको सरकार ढल्ने लगभग पक्का थियो । तर आश्चर्यजनक तरिकाले नेकपा एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा,..

सत्ता कब्जा गर्ने महत्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाइयोः प्रधानमन्त्री ओली
१ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेहरुले आफ्नो सत्ता कब्जा गर्ने महत्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाएको बताउनुभएको छ । आज काठमाडौंमा लोकतन्त्रका योद्धालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही मान्छेहरुले सत्ता कब्जा गर्नका लागि आफू प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भयो भनेर कराउँदै हिँडेको बताउनुभयो । संविधान, व्यवस्था र जनताको अधिकार, लोकतन्त्रका मूल्य र मान्यता केही पनि नखोसिएको तर केही मान्छेका इच्छा र आकांक्षा..

प्रतिकूल अवस्थामा पनि २०७७ साल सफल वर्ष रह्योः प्रधानमन्त्री ओली
१ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकूल अवस्थामा पनि २०७७ साल राजनीतिक, आर्थिक र सामाजिक हिसावले सफलताको वर्ष रहेको बताउनुभएको छ । नयाँ वर्ष २०७८ सालको अवसरमा देशबासीलाई शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले विभिन्न प्रकारका हल्लाहरुमा नअलमलिएर राष्ट्र निर्माणमा अघि बढ्न आह्वान गर्नुभएको हो । आपसमा फुट र बैमनष्यता नभइ राष्ट्रिय एकताका साथ सरकारले नयाँ वर्ष २०७८ सालमा नयाँ कामहरु गर्न लागेको जानकारी गराउनुहुँदै प्रधानमन्त्री ओलीले कोरोना संक्रमणबाट..

विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेः प्रधानमन्त्री ओली
२८ चैत्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको भन्दै कटाक्ष गर्नुभएको छ । नेपाली काँग्रेससहित माओवादी केन्द्र र जसपाबीच वैकल्पिक सरकार गठनका लागि औपचारिक छलफल सुरु भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले आक्रोश पोख्दै तीन दलका नेताहरुलाई विकास विरोधीको संज्ञा दिनुभएको हो । आज काठमाडौँमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास विरोधीहरु..

सत्ता समीकरणका लागि काँग्रेस, माओवादी र जसपाबीच आज छलफल हुँदै
२७ चैत्र, काठमाण्डौँ । सत्ता समीकरणका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाबीच आज छलफल हुँदै छ । कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जनता समाजवादी (जसपा)लाई छलफलका लागि बोलाउनुभएको हो । देउवाले आज ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा माओवादी केन्द्र र (जसपा)को बैठक बोलाएको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । माओवादी र जसपा सँगको छलफलमा पार्टीका शीर्षस्थ नेतालाई पनि बोलाइएको छ । शुक्रबार बसेको पार्टी केन्द्रीय..

सांसद र मन्त्री पद गुमाएका चारै जनालाई पुनर्नियुक्ति गर्ने प्रधानमन्त्रीको तयारी
२७ चैत्र, काठमाण्डौँ । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार नेताका सांसद र मन्त्री पद खोसिएको छ । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी दुवै पदबाट पदमुक्त भएका हुन् । आजको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले निर्वाचित अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीको सांसद पद रिक्त भएको जानकारी गराउनुभएको हो । चारै जना..

माओवादी केन्द्रले सरकारमा सहभागी चार मन्त्रीको सांसद् पद खोसिदियो
२४ चैत्र, काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेको छ । उक्त निर्णय आज संसद सचिवालयमा दर्ता भएको छ । चारै जना मन्त्रीहरु सांसद नरहेको कुरा माओवादी केन्द्रले आज संसद् सचिवालयलाई जानकारी गराएको हो । यसअघि पार्टीले ती नेताहरुलाई तत्काल पार्टीमा फर्किनको लागि आग्रह गरेको थियो । पछि, २४ घण्टे स्पष्टीकरणसमेत सोधेको थियो । तर ती..