प्रधानमन्त्री ओली र भीम आचार्यबीच तीन घण्टा छलफल

प्रधानमन्त्री ओली र भीम आचार्यबीच तीन घण्टा छलफल


१८ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालनिकट नेता भीम आचार्यसँग करिब तीन घण्टा छलफल गर्नुभएको छ । बालुवाटार बोलाएर आचार्यसँग ओलीले पार्टी एकताको लागि भूमिका खेल्न आग्रह गरेको बुझिएको छ ।

नेता आचार्यले पनि आफूहरु एकताकै पक्षमा रहेकोले अन्तिम प्रयास जारी नै रहेको स्पष्ट पार्नुभएको छ । पत्रकार ऋषि धमलासँग कुराकानी गर्दे आचार्यले माधव नेपालले मात्रै चाहेर पार्टी नफुट्ने दाबी गर्नुभयो । उहाँले आफूहरु पार्टी एकताकै पक्षमा रहेकोले सबै नेताबाट यसको लागि इमानदार प्रयास हुनुपर्ने धारणा राख्नुभएको थियो । उहाँले एकताको लागि सबैभन्दा बढि अध्यक्ष ओली नै जिम्मेवार रहेको र त्यहीअनुसारको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

बालुवाटारमा भएको भेटवार्तामा अध्यक्ष ओलीले आफू एकताकै पक्षमा रहेको बताउनुभएको थियो । तर, उहाँले माधव नेपालले भनेजस्तै फाल्गुन २८ गतेको निर्णयबाट भने ब्याक नहुने आफ्नो अडान प्रस्तुत गर्नुभएको थियो । पार्टी धेरै अघि बढिसकेकोले अब पछि फर्कनु न्यायसंगत नहुने उहाँको भनाई थियो ।

माधव नेपालनिकट नेताहरुसँगको छलफललाई निरन्तरता दिएकै कारण ओलीले पार्टीको स्थायी कमिटी बैठकसमेत स्थगित गर्दै आउनुभएको छ । उहाँले यो दुई दिन एकताको लागि पहल गरेको बुझिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर