
२३ जेष्ठ, काठमाण्डौँ । प्रदेश–१ सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएको छ । आज माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभा सचिवालयमा दिनुभएको हो ।
गत पैष ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्धमा उभिएको तत्कालिन नेकपाको माओवादी र एमालेको माधव नेपाल समुहका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए ।
सर्वाेच्च अदालतले नेकपाको एकता भंग गरेपछि प्रदेशसभामा तत्कालिन नेकपा एमालेको एकल बहुमत रहेकोले मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारलाई कुनै संकट देखिएको छैन ।
सरकारका गतिबिधिविरुद्ध आलोचक रहेको माओवादी केन्द्रले बजेट अधिवेशनको पूर्वसन्ध्यामा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।




सूचना विभाग दर्ता नंः १८२३/०७६-७७