लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा दृगनारायण पाण्डेय विजयी

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा दृगनारायण पाण्डेय विजयी


१७ जेष्ठ, काठमाण्डौँ । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा आज भएको निर्वाचनमा विपक्षी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनु भएको छ । उहाँले चार हजार एक सय ४० मत ल्याई विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चन्द्रबहादुर खड्काले तीन हजार छ सय १२ मतमात्र ल्याउनु भएको छ ।

राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा कुल तीन सय मतदाता मध्ये दुई सय ९७ मत खसेको थियो । स्थानीय तर्फको एक मत बदर भएको थियो । माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा आज उप निर्वाचन भएको हो । निर्वाचनमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको थियो । उहाँलाई जसपाको महन्थ ठाकुर पक्षको रहेको समर्थन थियो ।

विपक्षी गठबन्धनले भने कपिलवस्तुका दृगनारायण पाण्डेलाई उम्मेदवार बनाएको थियो । उहाँ हालै मात्र प्रदेशसभा सदस्यबाट राजीनामा दिँदै एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्नुभएको थियो ।

पाण्डेलाई माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर