१८ जेष्ठ, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई महन्थ ठाकुर पक्षले पार्टीबाट निष्कासन गरेको छ । अध्यक्ष ठाकुरलगायत चारजना नेतालाई यादव पक्षले पार्टीबाट यस अघि नै निष्कासित गरेको थियो । यादव पक्षको यो निर्णय आएलगत्तै ठाकुर पक्षको बबरमहलमा बसेको बैठकले जवाफी कारवाही गरेको हो ।
बैठकले यादवलाई पार्टीबाट निष्कासन गरेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । अध्यक्ष यादवले पार्टीका चारजनालाई गरेको कारवाही पार्टीको विधान विपरित रहेको पनि बैठकले ठहर गरेको कर्णले बताउनुभयो ।
कारवाहीबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइएको उहाँले बताउनुभयो छ ।