१६ जेष्ठ, काठमाण्डौँ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने योजना, प्रतिवद्धता र संकल्पका साथ आएको स्पष्ट पार्नुभएको छ । उहाँले बजेट कार्यान्वयन हुँदैन कि भनेर शंका नगर्न समेत आग्रह गर्नुभएको छ । आगामी आर्थिक बर्ष २०७८/७९ का लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटका सम्बन्धमा आइतबार अर्थ मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलेले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो–‘बजेट केबल सुनाउनका लागि होइन कार्यान्वयन गर्नका लागि, बजेटमा उल्लेख गरिएका लक्ष्य हासिल गर्नका लागि ल्याइएको हो भन्ने म विश्वस्त दिलाउन चाहन्छु, कोभिड महामारीको नियन्त्रण रोकथाम र उपचारमा नै केन्द्रीत हुनुपथ्र्याे र त्यसै अनुरुप बजेट केन्द्रीत गरिएको छ । कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना कार्यक्रम कार्यान्वयन गर्छाै ।’
उहाँले भोलिदेखि नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने र कार्यान्वयनको अभियानलाई तिब्रता दिएर अघि बढ्ने बताउनुभयो । मन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रीत भएको पनि बताउनुभयो । ती समस्या समाधानका लागि स्पष्ट योजना र दृष्टिकोणका साथ प्रस्तुत भएको उहाँले बताउनुभयो । आर्थिक क्षेत्रमा देखिएका चुनौतीको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउँदै समृद्धिको सपना साकार पार्ने प्रतिवद्धता उहाँले जनाउनुभयो ।
सरकारले महामारी नचिर्सिएको र मुख्य चुनौतीको रुपमा स्वीकार गरेर सोही अनुरुप राजश्वका नीति र कार्यक्रमका साथमा बजेट आएको बताउनुभयो । सरकारले प्रभावकारी पहलकदमीको साथमा नेपाली जनतालाई समयमै खोप उपलब्ध गरायो भनेर समाचार र सम्पादकीय लेख्ने ढंगले काम गर्ने प्रतिवद्धता पनि उनले जनाउनुभयो । खोप लगाएपछि अर्थतन्त्र चलायमान हुने र पुरानै लयमा फर्किने विश्वासका साथ राजश्वको लक्ष्यहरु निर्धारण गरिएको उहाँले स्पष्ट पार्नुभयो ।