८ कार्तिक, खोटाङ । खोटाङ जिल्लाको एउटा वडामा भर्खेरै सम्पन्न नेकपा एमालेको वडा अधिवेशनबाट सबै पदाधिकारी र सदस्यहरुमा महिलामात्रै निर्वाचित भएका छन् ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ३ को अधिवेशनले महिलामात्रै रहेको ३१ सदस्यीय कमिटी चयन गरेको हो । च्यास्मिटारमा भएको अधिवेशनको प्रमुख अतिथी पनि महिला नै हुनुहुन्थ्यो, रुपाकोट मझुवागढीकी उपमेयर विणादेवी राई ।
अधिवेशनले टारमिला राईको अध्यक्षतामा ३१ सदस्य कमिटी चयन गरेको हो । वडा कमिटीको उपाध्यक्षमा कमलकुमारी राई, सचिवमा सम्झना राई, सहसचिवद्धयमा अस्तिा राई र प्रेमकुमारी विक चयन भएका छन् ।
महिलामात्रै कमिटीमा निर्वाचित भएको सम्भवतः यो एकमात्र वडा हो ।