गृहमन्त्रीलाई फोन ‘आधा घण्टाभित्र सर्वाेच्च अदालतबाट सुरक्षाकर्मी हटाउनुस्, होइन भने राम्रो हुँदैन ।’

गृहमन्त्रीलाई फोन ‘आधा घण्टाभित्र सर्वाेच्च अदालतबाट सुरक्षाकर्मी हटाउनुस्, होइन भने राम्रो हुँदैन ।’


२६ कार्तिक, काठमाण्डौँ । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले गृहमन्त्री बालकृष्ण खाँणलाई फोन गरेर सर्वाेच्च अदालत परिसरबाट सुरक्षाकर्मीहरु आधा घण्टाभित्र हटाउन आग्रह गर्नुभएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु आन्दोलनरत छन् । नेपाल बार एशोसिएसनको आह्वानमा कानुन व्यवसायीहरुले आज शुक्रबार सर्वाेच्च अदालतको मूल गेटमा नै धर्ना दिईरहेका छन् ।

धर्नाकारीहरुलाई रोक्न सर्वाेच्च परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यसप्रति आपत्ति जनाउँदै वरिष्ठ अधिवक्ता कार्कीले धर्ना स्थलबाटै गृहमन्त्रीलाई फोन गर्नुभएको हो । कानुन व्यवसायीहरुका कारण अदालत असुरक्षित नहुने भन्दै उहाँले गृहमन्ीलाई भनेका छन्, ‘आधा घण्टाभित्र सर्वाेच्च अदालत परिसरबाट सुरक्षाकर्मी हटाउनुस्, होइन भने राम्रो हुँदैन ।’

प्रतिक्रिया:

सम्बन्धित खवर