२६ कार्तिक, काठमाण्डौँ । नेपाल बारको आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वाेच्च अदालतभित्र प्रवेश गर्नुभएको छ । कडा सुरक्षा घेराबीच दोस्रो गेटबाट राणा अदालतभित्र छिर्नुभएको हो ।
बारका वकिलहरुले सर्वाेच्चको मूल गेट बाहिर प्रदर्शन गरिरहेका थिए । तर, प्रधानन्यायाधीश भने अर्को प्रवेश द्वारबाट छिर्नुभएको हो । सो द्वारमा प्रहरीले कडा सुरक्षा दिएर आन्दोलनकारीलाई आउन दिएका थिएनन् ।
प्रधानन्यायाधीशलाई सर्वाेच्च प्रवेशमा रोक्ने वकिलहरुको प्रयास असफल भएको छ । उनीहरु अहिले सर्वाेच्चको मुल गेटबाहिर प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गरिरहेका छन् ।