समाचार
संवेदनशील अङ्ग काटेर एक पुरुषको हत्या, दुई अरोपी पक्राउ
२४ माघ/झापा । पुरुषको संवेदनशील अङ्ग (अण्डकोष) काटेर परालको कुन्युमा जलाएर हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय झापाले दुई जनालाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका २ बस्ने १८ वर्षीय लक्ष्मण यादव र २० वर्षीय करुण चौधरीलाई झापाबाट पक्राउ गरिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । प्रहरीले आरोपीको साथबाट घटनामा प्रयोगमा भएका चक्कु, लाइटर, मृतकको मोबाइल, टुक्रा पारिएको सिम कार्ड लगायत रगत लागेको टिसर्ट बरामद गरेको..
गाउँपालिका उपाध्यक्षमाथी अज्ञात समुहद्धारा अमर्यादीत ब्यवहार
१९ माघ । झापाको कमल गाउँपालिकाका उपाध्यक्ष बेनुप्रशाद शिवाकोटीमाथी एक अज्ञात समुहले अमर्यादीत ब्यवहार गरेका छन् । कमल गाउँपालिकाको मुख्य प्रशासनिक भवन बनाउने बिषयमा छलफल भईरहेका बेला १५–२० जनाको अज्ञात समुहले उपाध्यक्ष शिवाकोटीमाथी अभद्र ब्यवहार रहेका हुन् । पालिका उपाध्यक्ष शिवाकोटी माथी अज्ञात समुहले अपशब्द प्रयोग गर्दे दुव्यवहार गरेको गाउँपालिकाले निकालेको बिज्ञाप्तिमा जनाइएको छ । सोहि बिषयमा कमल वडा न. ४ का सेवाग्राही चन्द्रप्रशाद भट्टराई माथी कुटपिट भएको गाउँपालिकाले जनाएको..
स्ववियु निर्वाचन अन्योलमा, विद्यार्थी चिन्तित
फाईल तस्विर १९ माघ/झापा । अहिले त्रिभुवन विश्वविद्यालय र यसका आंगिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको बिषयले विद्यार्थीलाई त्यसतर्फ केन्द्रित गरेको छ । तर विद्यार्थी आन्दोलनको एक उपलब्धिको रुपमा हेरीएको स्ववियु निर्वाचन विद्यार्थी संगठनकै अन्तरीक विवादका कारण हुने की नहुने भन्ने विषमा विद्यार्थीहरु आलमलमा परेका छन् । त्रिभुवन विश्वविद्यालयले केही महिना अघि नै आफ्ना आंगिक क्याम्पसहरुलाई पत्र पठाएर आउदो फाल्गुन १४ को मितीलाई केन्द्रित गरेर स्ववियु निर्वाचनको तयारीमा लाग्न..
प्रधानमन्त्रिको गृहनगरमा अत्याधुनिक बहुतले बसपार्क निर्माण हुँदै
१६ माघ । झापाको दमकमा झण्डै दुई अर्ब रुपैयाँ बजेटको लागतमा बहुतले बसपार्कको निर्माण प्रकृया अघि बढेको छ । हालको पूर्ववसपार्क तथा पशुहाट सम्मको क्षेत्रमा अत्याधुनिक बहुतले बसपार्क निर्माण हुने जनाईएको छ । दमक नगरपालिकाका मेयर रोमनाथ ओलीका अनुसार ९ तलाको बसपार्कका लागि डिपीआर अन्तिम चरणमा पुगेको छ । अब बन्ने बसपार्कमा ठूला सवारी साधन भुइँतलामा पार्किङ गरिने योजना छ । भुईतला भन्दा माथिल्लो तलामा कमभार क्षमताका सवारी साधनहरू पार्किङ..
कमल गाउँपालिका ७ नम्वर वडाको भवन निर्माणकार्य अन्तिम चरणमा
१६ माघ/झापा । कमल गाउँपालिका वडा नम्बर ७ को भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । बाह्रघरेमा निर्माण भईरहेको भवनको अहिलेसम्म करिब ९० प्रतिशत काम सकिएको बताईएको छ । अब ग्रिल, झ्याल, ढोका रंग–रोगनको काम मात्र बाँकी रहेको वडाध्यक्ष पृथ्वीपति राईले बताउनुभयो । २०७५ जेष्ठ महिनाबाट निर्माण सुरु भएको सो भवन निर्माणका निम्ति जिल्ला समन्वयन समिति झापाले रु ४५ लाख विनियोगना गरेको थियो । त्यसमा ट्वाईलेट बाथरुम र घेराबारमा..
अख्तियारका सचिव न्यौपानेलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश
फाईल तस्विर १६ माघ/काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई १५ दिनभित्र इजलासमा उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ । नेपाल आयल निगमका तत्कालिन महाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दाको अभिलेख लिएर उपस्थित हुन अदालतले आज आदेश दिएको हो । न्यायाधीशहरु मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले सो निर्णय गरेको बताईएको छ । सामान्य प्राविधिक कारण देखाई अदालतबाट माग गरिएका मुद्दासँग सम्बन्धित अभिलेख पेश गर्न..
कृषि प्रणालीमा यन्त्रिकरण गर्न शिवसताक्षी नगरले बाड्यो किसानलाई कृषि औजार
१६ माघ/शिवसताक्षी । कृषि प्रणालीमा प्रविधि र यन्त्रिकरण, खाद्यन्य तथा तरकारी आयतमा न्यनिकरण भन्ने मुल नारा सहित झापाको शिबसताक्षी नगरपालीकाले नगरका बिभिन्न कृषि शहकारी संस्था तथा कृषि समुहमा आबद्ध किसानहरुलाई कृषि औजार तथा उपकरण बितरण गरिएको छ । नगरले उपकरण दिएर मात्र भएन किसानले उत्पादन गरेको कृषि उपजलाई समेत बजारीकरणको ब्यबस्था पनि गर्नु पर्ने कृषकहरुको भनाई छ । शिबसताक्षी नगरपालिकाले कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले कृषकलाई कृषि औजार वितरण गरेको हो..
नेविसंघको विवाद झनै चुलिदो, कार्यकर्ता विच मुक्का हाना–हान
१३ माघ काठमाण्डौँ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ता विच आपसमा झडप भएको छ । सभापति शेरबहादुर देउवा निकटका नेविसंघका कार्यकर्ता र नेविसंघभित्र ३२ वर्षमुनीको नेतृत्व हुनुपर्ने पक्षमा रहेका कार्यकर्ताबीच पार्टी कार्यलय सानेपामा आज २ पटक झडप भएको हो । विहान ११ बजे पख र अपरान्ह ३ ताका केन्द्रीय समिति बैठक सुरु हुँदै गर्दा फेरि झडप भएको हो । काँग्रेस कार्यालय परिसरमा दुई पक्षीय कार्यकर्ता आपसमा हात..
राज्यमन्त्रि रानाको कटाक्षः ‘मन्त्रि बन्न हिडेको राज्यमन्त्रि भए’
१३ माघ/इलाम । राजनितिक निर्णयहरु कहिलेकाहीँ अकास्मत बदलिने गरेको भन्दै प्रदेश न. १ का भूमि ब्यवस्था, कृषि तथा सहकारी ब्यवस्था राज्यमन्त्रि राम रानाले पार्टी नेतृत्वको कटाक्ष गर्नुभएको छ । गृह जिल्ला इलामको चुलाचुलीमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो ‘मन्त्रिमा नियुक्ती हुने जानकारी पाएर सपथ ग्रहणका लागि बाटो लागेको तर आधा बाटो पुगेपछि राज्यमन्त्रिमा मात्रै नियुक्ति हुने जानकारी पाएको बताउनुभयो ।’ बधाई..
प्रथम चुलाचुली अध्यक्ष लिगको उपाधी वडा न. २ लाई
इलामको चुलाचुलीमा आज सम्पन्न चुलाचुली अध्यक्षकप लिग फुटबल प्रतियोगिताको उपाधी वडा न। २ ले हात पार्न सफल भएको छ । चुलाचुली २ स्थित पञ्चकन्या प्रा।वि। को खेल मैदानमा भएको फाईनल खेलमा वडा नं। ३ लाई ० विरुद्ध १ गोल गर्दै वडा नं। २ ले जित शुनिश्चित गरेको हो । ग्रामिण भेगको खेलकुद क्षेत्रमा विकाश गर्ने उदेश्यसहित सम्पन्न भएको सो फुटबल प्रतियोगितामा चुलाचुलीका ६ वटा वडाका फुटबल टोलीको सहभागिता रहेको थियो..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७