दमकमा सरसफाई सम्वन्धी प्रतिवद्धता–पत्र २०७६ जारी

७ चैत्र, । “हरित नगर समृद्ध दमक, स्वाच्छ वातावरण स्वास्थ्य जिवन” भन्ने मुल नारा सहित झापाको दमक नगरपालिकामा सरसफाई अभियान सम्वन्धी प्रतिवद्धता–पत्र २०७६ जारी गरिएको छ । आज शुक्रवार नगरपालिकाको कार्यलयमा एक औपचारीक कार्यक्रमका विच नगर प्रमुख रोमनाथ ओलीले प्रतिवद्धता–पत्रमा हस्ताक्षर गर्दे सरसफाई सम्वन्धी अभियानको शुभारम्भ गुर्नभएको हो । प्रतिवद्धता पत्रमा आफुले उत्पन्न गरेका फोहोरलाई आफैले ब्यवस्थापन गर्नु पर्ने, सार्वजनिक स्थलहरुमा जथाभावी फोहार फाल्न नपाईने, आफु बस्ने वरीपरीको वातावरण सफा..

कोरोना भाइरसका कारण विश्वभर कतिको मृत्यु भयो ? पुर्ण विवरण सहित

७ चैत्र, काठमाण्डौँ । छिमेकी राष्ट्र चिनबाट विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण आज शुक्रबारसम्म विश्वभर दश हजार ४९ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे तथ्याङ्क अनुसार संसारभरी दुई लाख ४६ हजार १ सय ७८ जनामा कोरोना भाइरसको संक्रम फैलिसकेको छ । सङ्क्रमित व्यक्तिहरु मध्ये ८८ हजार ४ सय ८३ जना उपचारपछि घर फर्किएका छन् ।, भने एक लाख ४७ हजार ६ सय..

कोरोना भाईसबाट वच्न अखिल इलामको सचेतना अभियान

७ चैत्र, झापा । अनेरास्ववियू जिल्ला कमिटी इलामको आयोजनामा जिल्लाका स्थानिय तह तथा विभिन्न बस्तीहरुमा कोरोना भाईरस सम्बन्धी सचेतनामुलक अभियान संञ्चालन गर्न सुरु गरिएको छ । अभियानमा कोरोना भाईरस सम्वन्धी सचेतना जगाउने पोष्टर तथा पम्प्लेट टास गर्ने जस्ता कार्यहरु भईरहेका छन् । आज इलाम नगरपालिकाको तिल्केनी, गोलाखर्क निगुरे, सिङफृङ, महाभिर, बाह्र बस्ती लगायतका बस्तीहरुका घरघरमा गएर कोरोना भाइरस बारे जनचेतना मुलक सामाग्री बितरण साथै जनचेतना जगाईएको अनेरास्ववियू जिल्ला कमिटी इलामका..

एसईई परिक्षा अनिश्चितकालका लागि स्थगित

५ चैत्र, काठमाडौं । मित्र राष्ट्र चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिनुभएको हो । यसअघि एसईई परीक्षा मिति चैत्र ६ गते बाट सुरुहुने भनी मिति तय गरिएको थियो ।

कोरोनको संक्रमण रोक्न झापाका स्थानिय तहमा आपत्कालीन क्वारेन्टाइन बनाउन निर्देशन

५ चैत्र, झापा । छिमेकी राष्ट्र चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न झापाका १५ वटै स्थानीय तहमा आपत्कालीन क्वारेन्टाइन व्यवस्थापनको तयारीमा लाग्न प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले निर्देशन दिनुभएको छ । कोरोनाको संक्रमणबाट जिल्लावासीलाई बचाउन जिल्ला प्रशासन कार्यालय झापाका कार्यालय प्रमुखहरूको बैठकबाट सो निर्णयभएको बताएईको छ । सो निर्देशन बमोजिम कोरोना सङ्क्रमणको आशङ्का लागेका व्यक्तिलाई उचित स्वास्थ्य परीक्षणसहित स्वास्थ्य सेवा प्रदान गर्न भद्रपुरमा क्वारेन्टाइन बनाउने गृहकार्य सुरु भएको छ..

दमकका मृगौला पीडित बुढाथोकिलाई सहपाठीहरुको आर्थिक सहयोग

४ चैत्र, झापा । झापाको दमक नगरपालिका वडा न. ५ का मृगौला पीडित भेषराज बुढाथोकिलाई आज आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । शिवशक्षी नगरपालिका २ स्थित मोती माद्यामिक विद्यालय धरमपुरमा २०५५ सालमा एस.एल.सि. दिने विद्यार्थीहरुले मृगौला पीडित बुढाथोकीलाइ सो आर्थिक सहयोग रकम हस्तान्तरण गरेका हुन । बुढाथोकीले २०५५ मा धरमपुर स्थित मोती मा.वि. बाट एस.एल.सि. दिएका थिए । उनी सङ्गै पढ्ने सहपाठीहरुले उनलाइ ब्यक्तिगत तर्फबाट रु ७५ हजार ४..

कोरोना भाइरसको संक्रमण रोक्न भन्दै इलामको पशुपतीनगर नाका बन्द

१ चैत्र, झापा । मित्र राष्ट्र चिनबाट विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण रोक्न भन्दै नेपालको पूर्वि जिल्ला इलामको पशुपतिनगर नाका बन्द भएको छ । भारतको पश्चिमबंगाल सरकारले कोरोना नियन्त्रणका लागि भन्दै शनिबारबाट पशसपती नगर नका बन्द गरेको हो । नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने सवारी साधन नाका बन्द भएपछि ठप्प भएको छ । नाका अनिश्चितकालका लागि नाका बन्द गरिएको भारतिय सीमा प्रहरीले जानकारी दिएको इलाका प्रहरी कार्यलय पशुपतीनगरले..

राष्ट्रिय आविष्कार केन्द्रलाई कोरियामा रहेका इलामेली युवाहरुको आर्थिक सहयोग

१ चैत्र, इलाम । महावीर पुनले सञ्चालनमा ल्याएको राष्ट्रिय आविष्कार केन्द्रलाई दक्षिण कोरीमा रहेका इलामेली युवाहरुको संस्था इलामेली समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ । रोजगारीका लागि दक्षिण कोरियामा रहेका इलामका युवाहरुले गठन गरेको संस्था इलामेली समाज दक्षिण कोरियाले आफ्ना सदस्यहरुबाट आर्थिक संकलन गरेर रु १ लाख १५ हजार रुपैयाँ केन्द्रलाई शुक्रबार हस्तानान्तरण गरेका हुन् । राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुर पुगेर राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनलाई उल्लेखित आर्थिक..

झापाको दमकमा पनि मास्क उत्पादन सुरु

१ चैत्र, झापा । नेपालको छिमेकी मुलुक चिनबाट विश्वब्यापि रुपमा फैलिरहेको कोरोना भारस नियन्त्रण लक्षित गरेर झापाको दमकका मास्क उत्पादन सुरु भएको छ । नेपालको बजारहरुमा मास्कको अभाव भईरहदा दमकका महिलाहरुको सामाजिक संस्था सुन्दर समाज नेपालले यसको उत्पादन शुरु गरेको हो । समाजकी उपाध्यक्ष लक्की सिटौलालेका अनुसार दमक उद्योग वाणिज्य संघ दमकसँगको समन्वयमा दैनिक रुपमा ६ जना महिलाहरुले मास्क उत्पादन गरिरहेकका छन् दैनिक ५ सय बढी मास्क उत्पादन गरिरहे पनि..

जिस्केर टेम्पो चलाउँदा झापामा एक जनाको मृत्यु

२९ फाल्गुन, झापा । मादक पदार्थ सेवन गरी जिस्केर टेम्पो चलाउदा टेम्पो अनियन्त्रित भई दुर्घटना हुँदा झापाको दमकमा एक जनाको ज्यान भएको छ । टेम्पोमा चढेर टेम्पो चालकलाइ काँउकुती लगाउदा टेम्पो अनियन्त्रि भई पल्टेपछि टेम्पोमा सवार यात्रुको मृत्यु भएको बताईएको छ । गत मंगलवार बेलुका दमक ५ स्थित हरिओम कोलेनीमा टेम्पो दूर्घटना भएको हो । दुर्घटनामा परेर यात्रु ६१ बर्षिय उमबहादुर मगरको मृत्यु भएको जनाईएको छ । इलाका ट्राफिक प्रहरी..