काठमाण्डाै ।
प्रधानमन्त्री केपी शर्मा ओली उपचारपछि शुक्रबार साँझ सरकारी निवास बालुवाटार फर्किएका छन् । बिहीबार अचानक मुटुको समस्या देखिएपछि अस्पताल भर्ना गरिएकाे थियाे ।
मुटुको धड्कन बढ्ने समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई बिहीबार राति ११ः३० बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । ओली २० घण्टाको अस्पताल बसाइपछि बालुवाटार फकिएको प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ ।
प्रधानमन्त्री ओलीको २४ दिन अघि शिक्षण अस्पतालमा दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको थियो ।